रामधुनी । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा सुनसरीको रामधुनी नगरपालिका–२ स्थित शिवनगर माध्यमिक विद्यालयका सबै विद्यार्थी ननग्रेडेड (फेल) भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका शाखा अधिकृत रुद्र राईका अनुसार शिवनगरबाट एसईई परीक्षामा सहभागी भएका १० जना विद्यार्थीमध्ये सबै विद्यार्थी ननग्रेडेड (फेल) भएका हुन् ।
वि.सं. २०२७ सालमा स्थापना भएको शिवनगर माध्यमिक विद्यालयमा हाल कक्षा १० सम्म अध्ययन–अध्यापन हुँदै आएको छ । एसईई नतिजाले स्थानीय अभिभावक तथा शिक्षा सरोकारवालामाझ विद्यालयको शैक्षिक गुणस्तरमाथि गम्भीर प्रश्न उठाएको छ ।
विद्यालयको कमजोर नतिजाबारे प्रतिक्रिया लिन प्रधानाध्यापक सुधीर कुमार चौधरीलाई सम्पर्क गर्न खोजिए पनि उहाँसँग सम्पर्क हुन सकेन ।

































Discussion about this post