रामधुनी । सुनसरी–२ का सांसद लाल विक्रम थापाले इटहरी आसपास क्षेत्रमा साँझपख पटक–पटक विद्युत अवरुद्ध हुने र सम्बन्धित कार्यालयमा सम्पर्कसमेत हुन नसकेको भन्दै सार्वजनिक रूपमा ध्यानाकर्षण गराएपछि नेपाल विद्युत प्राधिकरण, इटहरी वितरण केन्द्रले स्पष्टीकरणसहित सूचना जारी गरेको छ ।
प्राधिकरणका अनुसार अत्यधिक गर्मीका कारण विद्युतको माग बढ्दा प्रसारण तथा वितरण प्रणालीमा ओभरलोड पर्ने अवस्था सिर्जना भएको छ । सोही कारण न्यून भोल्टेज, तार चुडिने, ट्रान्सफर्मरको फ्युज जाने जस्ता समस्या देखिएको प्राधिकरणले जनाएको छ ।
विद्युत अवरुद्ध हुने समस्या समाधानका लागि कर्मचारीहरू २४ सै घण्टा मर्मत तथा व्यवस्थापन कार्यमा खटिरहेकोसमेत प्राधिकरणले दाबी गरेको छ ।
यसअघि सांसद थापाले सामाजिक सञ्जालमार्फत इटहरी क्षेत्रमा बारम्बार बत्ती जाने समस्या गम्भीर भएको उल्लेख गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए । उनले नागरिकलाई स्पष्ट जानकारी दिन र सेवा सुधार गर्न आग्रह गरेका थिए ।



































Discussion about this post