रामधुनी । रामधुनी नगरपालिका–९ धुराहाकी एक १७ वर्षीया किशोरी करुणा चौधरीले आत्महत्या गरेकी छन् ।
स्थानीय चन्द्रकमल माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत करुणा सोमबार बेलुका करिब ६ बजे आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन् । परिवारलाई उद्धृत गर्दै चन्द्रकमल माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरेन्द्र कुमार चौधरीले उक्त जानकारी दिएका हुन् ।
मेहनती तथा असल विद्यार्थीका रूपमा परिचित करुणाको असामयिक निधनले विद्यालय परिवारसँगै सिंगो गाउँ शोकमा डुबेको छ ।
उनको आत्महत्याको कारण भने खुल्न सकेको छैन । परिवारले आफ्नो धार्मिक बिधि अनुसार उनको अन्त्येष्टि गरिसकेको स्थानीय शिक्षक सियाराम चौधरीले हाम्रोशब्दलाई जानकारी दिए ।



































Discussion about this post