Wednesday, February 25, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

    समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

    आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

    आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

    रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

    रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

    सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

    सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

  • राजनीति
    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    सुनसरी–२ मा नेकपाबाट रामकुमारी चौधरी उम्मेदवार

    सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

    सुनसरी–२ मा पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

    एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

    एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

    फायल तस्बिर

    नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

    दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home दृष्टिकाेण

      रामधुनी मन्दिरको इतिहास

      हाम्राे शब्द by हाम्राे शब्द
      ०८/०३/२०८०
      रामधुनी मन्दिरको इतिहास
      251
      SHARES
      Share on FacebookShare on Twitter
      • शिशिर भट्टराई

      रामधुनी मन्दिर सुनसरीको रामधुनी नगरपालिकाको झुम्का बजारदेखि करिब ७ किलोमिटर पश्चिममा अवस्थित छ । मन्दिर आसापास बन क्षेत्र छ । करिब ३१०० विगाहा क्षेत्रफलमा फैलिएको बनको बिचैमा यो मन्दिर अवस्थित छ । यस बनका बिचमा धुनी बालेर राखिने भएकाले यसलाई धुनिबन भन्ने गरिन्छ ।

      यो क्षेत्र रामधुनी नगरपालिकाको वडा नं. ४ मा पर्दछ । यहि मन्दिरको नामबाट नै यहाँको नगरपालिकाको नाम रामधुनी नगरपालिका राखिएको हो । यस बनको बिचबाट सुनसरी खोला बग्ने गरेको छ । त्यहि सुनसरी खोलाको पूर्वि तटमा रामधुनी मन्दिर अवस्थित छ । रामधुनी मन्दिरमा देव प्रतिमाहरुका बदलामा एउटा साझँको मुढा जलाएर राखिएको छ । यहाँ पुजा–आजा हुने मुख्य बस्तु पनि त्यहि नै हो । त्यहि साझँको मुढा जलेको खरानीलाई यो मन्दिरको प्रसादको रुपमा प्रयोग गरिन्छ ।

      रामधुनी मन्दिर भगवान रामसँग जोडिने गर्दछ । यस मन्दिरलाई किन रामधुनी भनियो भन्ने सन्दर्भमा विभिन्न तर्कहरु गर्ने गरिन्छ । धुनीको अर्थ साधुसन्यासीले ताप्नका लागि बाल्ने आगो भन्ने हुन्छ । त्यहि सदाबहार बलिरहने आगो तथा अगेनोलाई बोलिचालीको भाषामा धुनी भन्ने गरिन्छ । रामधुनीको नामाकरणका सन्दर्भमा बुझ्नका लागि त्रेतायुगसम्म पुग्नुपर्ने हुन्छ । अयोध्याका राजकुमार राम र लक्ष्मण त्रेतायुगमा बनबासका क्रममा यस स्थानमा आइ एक दिन धुनी तापेर बसेको हुनाले यो क्षेत्रलाई रामधुनी भनिएको विश्वास गरिन्छ ।

      यो क्षेत्रमा राम र लक्ष्मण किन आए भन्ने जिज्ञासा धेरैको हुन्छ । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक बिषयबस्तुका अध्यता प्रा.डा. सोमप्रसाद खतिवडाले २०७४ सालमा यो मन्दिर र यो क्षेत्रका बारेमा आफ्नो पुस्तक ‘रामधुनी’मा उल्लेख गरे अनुसार त्रेता युगमा विश्वामित्रको आग्रहमा उनीहरु रामधुनी आएको तथ्य उल्लेख गरेका छन् ।

      उनका अनुसार कोशी नदि बेलाबेलामा बाटो फेर्ने हुँदा रामधुनी मन्दिर नजिकै करिब २०० मिटर पर अहिले सुनसरी खोला भएको स्थानबाट कोशीको एउटा भंगालो बग्ने गर्दथ्र्यो । यो क्षेत्र ऋषिहरुको तपोभूमि थियो । त्रेता युगमा त्यहि कौशीक नदिको किनारी भागमा तपस्या गरेर बसेका बिश्वामित्र लगायतका ऋषिहरुलाई तपस्या गर्ने क्रममा दानवहरुले निकै दुःख दिएपछि विश्वामित्रकै अनुरोधमा राम र लक्ष्मण यो क्षेत्रमा आएको र तपस्या गरेर बसेका ऋषिहरुलाई दुःख दिने दानवहरुको बध गरेपछि पुनः अयोध्यातिर फर्कने क्रममा एक रात अहिलेको रामधुनी मन्दिर क्षेत्रमा बसेको जनविश्वास रहेको छ ।

      रामधुनीको पुनर्कायाकल्प गर्ने काम वनखण्डीबाबाले गरेको मानिन्छ । विभिन्न पुस्तक र लेखहरुमा उल्लेख गरिएअनुसार वि.सं. १७६० को आसपास योग साधनाका लागि यहाँ धुनी जगाएको विवरण पाइन्छ । उदासीन सम्प्रदायमा वनखण्डी नामधारी सन्यासीहरू हुन्छन्, जसलाई वनखण्डीबाबा भन्ने गरिन्छ ।

      वनखण्डीबाबा कुनै एकमात्र सन्यासी होइनन्, उदासीन सम्प्रदायका सन्यासीहरूलाई वनखण्डी भन्ने गरिन्छ । वनखण्डी बाबाले वि.सं. १७६० तिर रामधुनीको पुनर्कायाकल्प गरेको भन्ने गरिन्छ । भगवान रामले त्रेत्रायुगमा यस क्षेत्रमा आएर धुनी बालेको भए पनि बनखण्डी बाबाले त्यसलाई योग साधनाका लागि कायाकल्प गरेपछि नै यहाँ पुनः धुनी जगाउन थालिएको हो ।

      वनखण्डीबाबा को हुन् ? कहाँबाट आए र किन धुनी जगाए भन्ने कुरा धेरैको जिज्ञाशाको बिषय हो । प्रा.डा.सोम प्रसाद खतिवडाले रामधुनी पुस्तकमा लेखे अनुसार र यो मन्दिरका बारेमा जानकार स्थानीयका अनुसार यो क्षेत्रमा भगवान राम आउनुअघि अनुसूयाले लामो समयसम्म धुनी जगाएर तप गरेकी रहिछन् । भगवान राम यो क्षेत्रमा आउँदा अनुसूयाले तपस्या गरेकै स्थानमा एक रात बास बसे र त्यहाँ बस्दा उनले मुनी भेषमा धुनी तापेर बसे । उनी अयोध्या फर्कने क्रममा आफुले तापेको धुनी जमिनमुनी गाडेर गए । रामले जमिनमुनी गाडेको धुनी पत्ता लगायर त्यसै स्थानमा बसी पुनः बनखण्डी बाबाले रामले जलाएको धुनीलाई पुनर्कायाकल्प गरेको उल्लेख गरिएको छ । उदासीहरुका अनुसार बनखण्डीबाबा नभएको भए यस्तो ऐतिहासिक क्षेत्र आज पत्ता नलाग्न पनि सक्थ्यो ।

      रामधुनीका बारेमा लेखिएका विभिन्न लेख रचनाहरु हेर्दा बनखण्डीबाबाको जन्म पाँचथर जिल्लामा भएको भनिएको छ । उनको परिवार त्यहाँबाट बसाई सरेर विभिन्न ठाउँमा जाने क्रममा दार्जेलिङ् पुगे । त्यसपछि उनको परिवार बर्मा पुगेको र त्यहाँबाट पुनः भारतको मेघालय भन्ने ठाउँमा सरेको भनिन्छ । त्यो बेलासम्म बनखण्डीबाबा जवान भइसकेका थिए । उनी विभिन्न ठाउँमा घुम्न थाले र त्यहि क्रममा हालको बंगलादेशको राजधानी ढाकामा गुरु नत्थाशाहबाट उदासीन शिक्षा लिएको भनिन्छ । त्यसपछि उनी आफ्नै जन्मभूमितिर फर्किएर धुनीवनमा आइपुगे । उनी यहि ठाउमा योग साधनामा लागे र विं.स. १७६० सालमा त्यहि साधनाको क्रममा भगवान रामले तापेको भनिएको धुनी बनखण्डीबाबाले पुनः सल्काएर यो ठाउँ पत्ता लगाएको बताइन्छ । यहाँका महन्त अहिले पनि उदासी सम्प्रदायकै छन् ।

      यो मन्दिर कोशी नदिको पूर्वि किनारी भागमा पर्दछ । अहिले करिब २०० मिटरको दुरीमा बग्ने सुनसरी खोलाको क्षेत्रलाई नै पहिला कोशी नदिको पूर्वि किनार मानिन्थ्यो । हालको रामधुनी भेग ऋषिमुनीहरुको तपस्थलीको रुपमा लिने गरिन्छ । पहिला मोरंग एरियामा ठूलो झाडी भएकाले पनि भारतबाट बराहक्षेत्रतिर जानेहरु कोशी नदिको किनारी भाग हुदै रामधुनीको बाटो जाने गर्दथे भनिन्छ ।
      कोशी नदीप्रति हिन्दूहरूमा आध्यात्मिक लगाव छ । कोशी किनार ऋषिमुनिहरूको तपोभूमिका रूपमा स्थापित थियो । धुनीवन पनि ऋषिमुनिहरूको तपोवन थियो । कोशी किनारका वराहक्षेत्र, चतरा, धुनीवन लगायतका कोशी नदी गंगामा मिसिने स्थानहरू तपोभूमि रहेको विभिन्न ऐतिहासिक ग्रन्थमा पाइन्छ ।

      कोशी नदिले बेला बेलामा धार परिवर्तन गर्दै जाने क्रममा थुप्रै स्थान मासिए, तर धुनीवन र यो मन्दिर क्षेत्र सुरक्षित छ । यस स्थानमा पौराणिक कालदेखि नै ऋषिमुनि र साधुसन्तहरू धुनी जगाएर तथा तप गरेर बसेका थिए भन्ने कुरा विभिन्न ऐतिहासिक तथ्यहरुले पनि पुष्टि गरेको देखिन्छ ।

      रामधुनीको नजिकै कोशीटप्पु वन्यजन्तु आरक्ष, प्रकाशपुर, राजावास, मधुवन, चतरा र बराहक्षेत्र जस्ता प्रख्यात स्थान छन् । धरानको पिण्डेश्वर महादेवस्थान पनि रामधुनीबाट त्यति टाढा छैन । पिण्डेश्वर महादेवस्थानसँग यस मन्दिरको आत्मीय र निकै गहिरो सम्बन्ध छ । रामधुनीमा बालिएको अखण्ड दीप यदि निभ्यो भने पिण्डेश्वरको अखण्ड दीपबाट आगो ल्याएर बाल्ने र पिण्डेश्वरको दीप निभ्यो भने रामधुनीको आगो लगेर बाल्ने प्रचलन रहेको छ । यसकारण पनि यो क्षेत्र धार्मिक तथा अन्य पर्यटकिय हिसाबले निकै संभावना बोकेको स्थलका रुपमा लिन सकिन्छ ।

      यहाँ आन्तरिक र बाह्य पर्यटकहरुको निकै बाक्लो उपस्थिति रहने गरेको छ । जंगलको बिचमा रहेकाले यो क्षेत्रमा धार्मिक हिसाबले बाहेक पिकनिक खान र घुम्न समेत मान्छेहरु आउने गरेका छन् । धार्मिक स्थल भएकाले धर्मप्रति आस्थावान मानिसहरु यहाँ आउनु कुनै नौलो बिषय होइन ।

      आन्तरिक पर्यटक मात्रै होइन । विभिन्न मेला र पर्वहरुको अवसरमा भारत, भुटान र बंगलादेशसम्मका पर्यटकहरु समेत यहाँ आउँछन् । यहाँ रामनवमी र बाला चतुर्दर्शीमा बिषेश मेला लाग्ने गरेको छ । रामनवमी त यो मन्दिरको ऐतिहासिकतासँग समेत जोडिएको बिषय हो । रामनवमीको अवसरमा विं.स. २०३९ सालपछि मेला लाउन सुरु गरेको पाइन्छ । यी मेलाहरुमा नेपालका विभिन्न ठाउँ, भारत, भुटान र बंगलादेशका तिर्थालुहरु आउने गरेको पाइन्छ ।

      रामधुनीको मुख्य केन्द्रविन्दु भनेको यहाँको धुनी मन्दिर हो । शिखर शैलीसँग केहि मिल्दोजुल्दो सामान्य ढंगको मन्दिर निर्माण गरिएको छ । यो मन्दिर विं.स. २०४५ सालमा अहिलेको मोडलमा निर्माण गरिएको हो । त्यसभन्दा अगाडि यहाँ टिनको छानाबाट निर्माण गरिएको सामान्य मन्दिर थियो ।

      यहाँका प्रमुख पुरातात्विक वस्तुहरूमा धुनीमन्दिर, कन्नाघर, दरबार मन्दिर, महन्त निवास, चन्द्र मन्दिर, धर्मशाला, गौशाला, धुनी दरबार, वनखण्डी दरबार, कमण्डलु कुण्ड, तपश्वी स्थल, हनुमान दरबार, राम दरबार, राधाकृष्ण दरबार, शनि दरबार, शिवालय, गंगामाता दरबार, वनखण्डी झौरा दरबार, जगतगुरु श्री चन्द्र भगवानको दरबार, निर्माण गुरु प्रितम दासजीको दरबार, दुर्गा माता दरबार, अष्ट चिरञ्जीवीको मन्दिर, गोपाल मुनि महाराज आश्रम, काशी दास उदासी आश्रम, श्रीयन्त्र, जाँतो, रथको पांग्रा, तुलसी मठ, मुक्ति घाट, धर्मध्वजा साहेब, ऐतिहासिक इनार आदि हुन् ।

      यहाँको मुख्य मन्दिरको उत्तरतिर गोलो आकारको पुरानो पोखरी छ, जसलाई कमण्डलु कुण्ड र सिता कुण्ड पनि भनिन्छ । यस कुण्डका बारेमा दुइथरी तर्क रहेको पाइन्छ । एकथरिले भगवान राम यहाँ आउँदा सिताले नुहाउँनका लागि उक्त पोखरी निर्माण गरिएको भनेको पाइन्छ भने अर्को थरिले बनखण्डीबाबाले कमण्डलु राख्दा बनेको पोखरी समेत भन्छन् । पुरातात्विक, ऐतिहासिक एवम् सांस्कृतिक दृष्टिले यो पोखरी ज्यादै महत्वपूर्ण छ । यसले मन्दिरको शुन्दरतालाई समेत थप सहयोग गरेको छ ।

      रामधुनीमा अन्य धार्मिक स्थलमा जस्तै प्रशस्त बाँदर र परेवाहरु समेत रहेका छन् । गौशालामा प्रशस्त गाइहरु रहेका छन् । जंगल चरेका गाइहरुको गहुँतबाट औषधीसमेत बनाइने गरेको छ ।

      निष्कर्षमा, हामी सत्ययुग, त्रेता युग, द्वापर युग हुँदै कलि युगमा आइपुगेका छौँ । प्रत्यक युगका आफ्नै र निकै मौलिक बिषेशता र महत्वहरु पनि छन् । विभिन्न युगको आफ्नै महत्व र युगविशेषका बेग्लै घटना छन् । हाम्रै क्षेत्रमा त्रेता युगसम्मको कथा बोकेको प्राचिन र ऐतिहासिक धरोहरको रूपमा स्थापित, ऋषिमुनिहरूको तपोभूमिका रुपमा देश विदेशमा चिनिएको गौरवपूर्ण मन्दिर छ । यो मन्दिरको संरक्षण, यसको ऐतिहासिकताको अझ धेरै खोजी र प्रचार–प्रसार गर्नु हामी सबैको अहिले दायित्व हो ।

      हाल यहाँको नगरपालिकाले यो मन्दिरको बिकास र प्रचार प्रचासका लागि विभिन्न कामहरु गरिरहेको देख्न सकिन्छ । यो मन्दिरलाई थप व्यवस्थित बनाउनका लागि हाल सालै डिपिआर गरेर त्यस अनुसार कामहरु गर्ने योजना समेत नगरपालिकाको रहेको छ । रामधुनी लगायत सुनसरीका अन्य पर्यटकिय स्थललाई एक आपसमा जोडनका लागि धरान उपमहानगरका मेयर, बराहक्षेत्र नगरपालिकाका मेयर र रामधुनी नगरपालिकाका मेयरका बीचमा संयुक्त पहल गर्ने समेत निर्णय भइसकेको छ ।

      बिषेशत यहाँको समुदाय, स्थानीय सरकार, प्रदेश र संघीय सरकालेसमेत यो मन्दिरको ऐतिहासिकतालाई ध्यानमा राखेर यो क्षेत्रलाई बिषेश प्राथमिकताका साथ धार्मिक र पर्यटकिय हिसावले अगाडि बढाउदै यो क्षेत्रको बिकास र संरक्षणमा बिषेश पहल गर्नु जरुरी छ ।

      Tags: Banner
      Previous Post

      रामधुनी आएर रेशम चौधरीले भने-थारुलाई दासजस्तो व्यवहार गर्दैछन्, कहिलेसम्म दास बन्ने ?

      Next Post

      अन्तरजातीय विवाह गर्ने जोडिलाई रामधुनी नगरपालिकाले सम्मान गर्ने

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी
      दृष्टिकाेण

      अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

      by हाम्राे शब्द
      ११/०८/२०८२
      0

      सुनसरी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुइवर्ष अघि नै विधानसम्मत ढङ्गले नवीकरण गरिसकेको आफ्नो पार्टी सदस्यता नेतृत्वले अनुचित तरिकाले रोकेको बताएकी...

      रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा
      दृष्टिकाेण

      रवि लामिछाने भाग्छ भन्ने डर छ भने मलाई बोलाउनुस्, ल्याप्चे लगाएर निकाल्न तयार छु : सुनिल शर्मा

      by हाम्राे शब्द
      १०/०८/२०८२
      0

      सुनसरी । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले रास्वपा सभापति रवि लामिछानेलाई अघिल्लो सरकारले प्रतिशोध राखेर थुनामा पठाएको भन्दै अघिल्लो...

      उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

      उपेन्द्र यादव भन्छन् : मुलुकमा निर्वाचनको विकल्प छैन

      २९/०७/२०८२
      फायल तस्बिर

      नेपाली कम्युनिष्ट पार्टी बनेपछि प्रचण्डले भने – एकताले विश्वभर बलियो सन्देश दिएको छ

      २१/०७/२०८२
      अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

      अन्तरिम सरकारले थारु समुदायलाई बेवास्ता गरेर विभेदको परम्परा दोहोर्‍यायो : चौधरी

      १३/०७/२०८२
      दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

      दसैँ बिदा : यी हुन् पढ्न सकिने ६ पुस्तक

      १३/०६/२०८२

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०
      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      होटलबाट महिलासँग रंगेहात पक्राउ परेका वडा अध्यक्ष गौतम एमालेबाट निलम्बित

      २४/०८/२०८०

      Hello world!

      0
      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      0
      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      बलात्कार आरोपी लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अदालतको आदेश

      0
      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      समृद्ध सुनसरी–३ को लक्ष्यसहित भगवती चौधरीद्वारा चुनावी प्रतिबद्धता सार्वजनिक

      ११/११/२०८२
      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

      आफ्ना सन्तानलाई सुनसरी स्टार एकेडेमीमा पढाउने १० एकल महिला सम्मानित

      ०९/११/२०८२
      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      रामधुनीमा रास्वपा समर्थकले रक्सी सेवन गरेर एमालेको बैठकमा अवरोध गरेको रुद्र बस्नेतको आरोप

      ०४/११/२०८२
      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      सुनसरी–२ मा १ लाख ५८ हजार ९१० मतदाता, ४० वर्षमुनिका युवा ४१ प्रतिशत

      ०३/११/२०८२

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana