धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङकै कार्यकक्षमा पत्रकार सञ्जिता धमालामाथि धरान–२ का वडाअध्यक्ष रमेश राईले दुर्व्यवहार गरेका छन् ।
बजार अनुगमनका क्रममा सरकारी अनुगमन टोलीसँगै पुगेकी पत्रकार धमलाले कर छली गर्ने, महंगोमा सामान बेच्ने लगायतका व्यवसायीहरुको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी थिइन । शुक्रबार सोहि बिषयलाई लिएर आक्रोशीत बनेका वडाअध्यक्ष राईले ‘युट्युबर’ भन्दै बसेको ठाउँबाट उठेर पत्रकार धमलामाथि झम्टिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भिडियोमा मेयर साम्पाङ पनि देखिन्छन् । साम्पाङले भने झगडा नगरि शान्त भएर बस्न आग्रह गरेको देखिन्छ ।
बिषेशगरि डा.तपनकुमार तरफदारको भिडियो खिचेर मानमर्दन गरेको भन्दै आफुमाथि नेकपा एमाले निकटका मान्छेहरुले नियोजित रुपमा आक्रमण गरिरहेको पत्रकार धमलाले बताइन । कर छली र कालोबजारीविरुद्ध आफुले शाहसका साथ लडिरहेको भए पनि महिला पत्रकार भएकै कारण आक्रमण भइरहेको धमलाको गुनासो छ ।
उता वडाअध्यक्ष राईले भने आधिकारिक व्यक्तिको सट्टा युट्युबरले कसैको मान मर्दन गरेर जिन्दगीमाथि खेलबाड गरिरदा धरान चुप लागेर नबस्ने बताए । उनले पत्रकारहरुले आफ्नो पेशागत मर्यादामा ध्यान दिनुपर्नेसमेत बताए ।
































Discussion about this post