हामी सबैलाई अवगत भएकै कुरा हो, बैकिङ क्षेत्रलाई जोखिमपूर्ण कारोबार गर्ने सस्थाको रुपमा चिनिन्छ । जोखिमपुर्ण कारोबार गर्दै गर्दा बैंकको आन्तरिक पक्ष पनि उत्तिकै सबल र सक्षम हुनु आवश्यक छ । निक्षेप ब्यवस्थापन, कर्जा लगानी, ग्राहकमैत्री सेवा प्रवाह, आकर्षक संरचना सजावट, आधुनिक सेवा, सम्पत्ती–दायित्व ब्यबस्थापन जस्ता अनेकौं कार्यहरुले आन्तरिक पक्षलाई जोड्दै गर्दा अब भने प्रबन्धक र कर्मचारी बिचको सम्बन्धले नि त्यति नै मान्यता पाएको छ । प्रबन्धकलाई शाखा दरिलो बनाउने खम्बाको रुपमा बुझ्न सकिन्छ भने कर्मचारीलाई खम्बा दह्रो बनाउन प्रयोग गरिने कच्चा पदार्थको रुपमा परिभाषा पनि गर्न सकिन्छ । जसरी दरिलो खम्बा बिना घर निर्माण हुन सकिदैन, त्यसरी नै कर्मचारीको साथ र सहयोग बिना प्रबन्धकले मात्रै केहि गर्न सक्दैन । बैकिङ क्षेत्रमा आफैँमा टिम वर्क भएकाले एक–आपसमा सहयोगको भावना हुनुपर्दछ । प्रबन्धक र कर्मचारी दुबैले संस्थाको बिकास र बिस्तार गर्ने चाहना राख्नु पर्दछ । त्यसकारण यिनिहरु बिचको सम्बन्ध उपलब्धिमूलक हुनु आवश्यक छ ।
प्रबन्धक–कर्मचारी सम्बन्धले कार्यस्थलमा खुला सञ्चार कायम राख्न र एकता प्रवर्द्धन गर्न मद्दत गर्ने र रणनीतिहरूमार्फत आफ्ना कर्मचारीहरूलाई संलग्न गराउन निरन्तर प्रयास गर्दछ । कार्यस्थलमा सकारात्मक प्रबन्धक–कर्मचारी सम्बन्धले कर्मचारीहरू बीच उत्पादकता र सहयोगलाई प्रोत्साहित गर्दछ । यसैले, प्रबन्धक र कर्मचारी बीचको सम्मानको पारस्परिक स्तरले समर्थन प्रस्ताव गर्न र राम्रो प्रदर्शन गर्न दुवै पक्षबाट थप इच्छुकता ल्याउँदछ । प्रबन्धक–कर्मचारी सम्बन्धले संस्थामा कर्मचारी संलग्नतालाई बढावा दिन्छ । कर्मचारीमा हरेक बिभागको कार्य गर्न इच्छाशक्ति आउँदछ । हरेक कर्मचारीको अपेक्षा आफुले गरेको कार्यलाई प्रबन्धकबाट सहि ढंगबाट मूल्याकंन होस् र मीठो बोलिबचनको माध्यमबाट काम गरौँ गरौँ भन्ने भावनाको बिकास होस् भन्ने हुन्छ । कर्मचारी र प्रबन्धकबिच पारस्परिक सम्बन्ध कायम नहुने भए संस्थाले आफ्नो दैनिक कारोबार अगाडि बढाउन हम्मे–हम्मे पर्दथ्यो । यो कुरा पनि बुझ्न जरुरि छ ।
प्रबन्धक आफैंमा जिम्मेवार पद हो । एउटा संस्थाको कार्य वातावरण निर्माण गर्न र संस्थालाई परिणाममुखी बनाउन प्रबन्धकको भुमिकालाई महत्वपूर्ण मानिन्छ । प्रबन्धक र कर्मचारी सम्बन्ध दैनिक कारोबार सञ्चालनको एक महत्वपूर्ण पक्ष हो । कार्यस्थलमा खराब सम्बन्धले प्रत्यक्ष रूपमा कर्मचारीको प्रदर्शन र अवधारणलाई असर गर्नसक्छ । प्रबन्धकले असल कामदारहरू गुमाउने जोखिमलाई सुल्झाउन मिल्ने खराब काम सम्बन्धहरू चलाउनु हुँदैन । यहाँ दीर्घकालीन सफलताको लागि प्रबन्धक–कर्मचारी सम्बन्ध सुधार गर्ने कुरामा ध्यान दिनु आवश्यक छ । कार्यालयमा सकारात्मक प्रबन्धक–कर्मचारी सम्बन्धले उत्पादकता र सहयोगलाई प्रोत्साहन दिन्छ । जब एक प्रबन्धक र एक कर्मचारी बीच पारस्परिक सम्मान हुन्छ, त्यहाँ दुबैमा समर्थन प्रस्ताव गर्ने र राम्रो प्रदर्शन गर्ने इच्छुकता हुन्छ । बलियो प्रबन्धक–कर्मचारी सम्बन्धले कर्मचारी अनुपस्थिति र कर्मचारी कारोबार कम गर्न पनि मद्दत गर्नसक्छ । कर्मचारी–प्रबन्धक सम्बन्धहरू जब राम्रोसँग व्यवस्थित हुन्छन्, कार्यस्थलमा विषाक्तता हटाउन र सबै स्तरहरूमा कर्मचारीहरुलाई सुरक्षित राख्न मद्दत गर्दछ । उदाहरणका लागि, यदि कुनै कर्मचारीले आफ्नो टोलीका साथीलाई धम्की दिन्छ भने, अपराधीविरुद्ध कारबाही गर्ने जिम्मेवारी प्रबन्धकको हो । त्यस्तै यदि कुनै बिदाको बारेमा कर्मचारीलाई चिन्ता छ भने, यी चिन्ताहरूलाई सावधानीपूर्वक ह्यान्डल गर्ने अख्तियारी प्रबन्धकमा हुन्छ । एउटालाई काखा अर्कोलाई पाखा गरेर कर्मचारी–कर्मचारी बिच मतभेद निम्त्याउन नदिनका लागि प्रबन्धकले साबधानी पनि अपनाउनु पर्दछ ।
कर्मचारी ब्यबस्थापन गर्नका लागि प्रबन्धकले अवस्था अनुसारको ब्यबस्था जान्नु अति नै आवश्यक छ । कुन अवस्थामा के काम गर्ने भन्ने ब्यबस्थापकिय शैली प्रबन्धकमा हुनुपर्दछ । तसर्थ, आजको प्रतिस्पर्धात्मक वातावरणलाई समयानुकूल परिमार्जन गर्न लागि प्रबन्धक–कर्मचारी बिचको सम्बन्धले पनि निर्धारण गर्ने भएकाले यसलाई समय मै ब्यबस्थापन गर्नु सबैको दायित्व हो ।
(लेखक ढुंगाना हाल राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत छन् ।)