काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । आईएमएफले सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्यसम्बन्धी प्रतिवेदनले नेपालको आर्थिक विस्तार सुस्त रहने देखाएको हो ।
प्रतिवेदनअनुसार नेपालको आर्थिक वृद्धिदर आगामी दुई वर्ष नै ४ प्रतिशतभन्दा कम रहने अनुमान गरिएको छ । सन् २०२६ मा ३.६ प्रतिशत रहने वृद्धिदर सन् २०२७ मा सामान्य सुधार हुँदै ३.७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।
आर्थिक वृद्धिदर सुस्त रहने अनुमानसँगै आईएमएफले नेपालको मुद्रास्फीतिमा पनि उतारचढाव हुने देखाएको छ । प्रतिवेदनअनुसार सन् २०२५ मा ४.१ प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति सन् २०२६ मा घटेर ३.१ प्रतिशतमा झर्नेछ ।
तर, सन् २०२७ मा मुद्रास्फीति बढेर ५.८ प्रतिशत पुग्ने आईएमएफको अनुमान छ । यसले आगामी वर्ष नेपालमा वस्तु तथा सेवाको मूल्यवृद्धिको दबाब पुनः बढ्न सक्ने संकेत गरेको छ ।




































Discussion about this post