भोजपुर । भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पा र वडा नं. ८ का वडाध्यक्ष नवीन प्रधानले पदबाट राजीनामा दिएका छन् ।
नेकपा (एमाले) ले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेपछि उपप्रमुख शेर्पाले नैतिकताका आधारमा पदबाट राजीनामा दिएको बताएकी छन् ।
पार्टीले आफूलाई निष्कासन गरेपछि उपप्रमुख पदमा रहिरहन उचित नठानेर राजीनामा दिएको उनको भनाइ छ ।
यसैगरी, एमालेबाट निर्वाचित भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानले पनि पदबाट राजीनामा दिएका छन् । पार्टी हितविपरीत काम गरेको आरोपमा एमालेले कारबाही गरेपछि प्रधानले पनि वडाध्यक्ष पद छाडेका हुन् ।
एकै नगरपालिकाका उपप्रमुख र वडाध्यक्षले पार्टी कारबाहीपछि राजीनामा दिएसँगै भोजपुर नगरपालिकामा राजनीतिक वृत्तमा चर्चा बढेको छ । उनीहरू पछिल्लो समय हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँग नजिकिएको बताइएको छ ।


































Discussion about this post