रामधुनी । नेपाली कांग्रेस रामधुनी नगर कार्यसमितिको सभापतिमा लेखनाथ बास्तोला (भोला) निर्वाचित भएका छन् । नगर कार्यसमितिको निर्वाचनमा बास्तोलाले १०७ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । त्यस्तै सभापति पदका प्रतिस्पर्धी महेश कुमार चौधरीले ८९ र नवीन कुमार चौधरीले ५८ मत प्राप्त गरे ।
बास्तोलाको नेतृत्वमा रामधुनी कांग्रेसको नयाँ पदाधिकारी टिमसमेत निर्वाचित भएको छ । उपसभापतिको महिला कोटातर्फ सिर्जना भट्टराई ७३ मत प्राप्त गर्दै निर्वाचित भएकी छन् । खुला कोटातर्फ किरण चापागाईं १५३ मत प्राप्त गर्दै उपसभापतिमा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी बसन्त भट्टराईले ५२ मत मात्रै प्राप्त गरे ।
सचिवमा दोस्ती राम चौधरी ११८ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । उनकी प्रतिस्पर्धी सिता ढुंगेलले ५२ मत प्राप्त गरिन् ।
त्यस्तै, सह–सचिवमा शम्भु बस्नेत १२२ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । सह-सचिवका उम्मेदवार दिल कुमारी चौधरीले ७६ र सिता चौधरीले ४९ मत प्राप्त गरेका छन् ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत बुधबार नयाँ नगर कार्यसमितिका लागि निर्वाचन भएको थियो ।


































Discussion about this post