काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री (मुस्लिम) पदमा डा. मो. फिरदोश आलम निर्वाचित भएका छन् । पूर्वमन्त्री अफताब आलमका छोरा फिरदोशले ३ हजार ३४७ मत प्राप्त गर्दै सहमहामन्त्रीमा जित हासिल गरेका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी अब्दुल सत्तारले २ हजार ७२७ मत प्राप्त गरे भने अतहर कमाल मुसलमान ५५७ मतसहित तेस्रो भए ।
कांग्रेसको केन्द्रीय सदस्य (मुस्लिम) तर्फ डा. अताबुल मंसुरी, मो. इर्शाद अन्सारी र अब्दुल रज्जाक गद्दी निर्वाचित भएका छन् । मंसुरीले ३ हजार ३१७, अन्सारीले १ हजार ८६३ र गद्दीले १ हजार ७११ मत प्राप्त गरेका छन् ।
त्यस्तै, केन्द्रीय सदस्य (मुस्लिम महिला) तर्फ जमिला खातुन र सनम बेगम निर्वाचित भएका छन् । खातुनले २ हजार ८३५ र बेगमले २ हजार ११६ मत प्राप्त गरेका छन् ।




































Discussion about this post