झुम्का । सुनसरीको झुम्कामा छठ माता सेवा समितिको आयोजनामा संस्थागत रुपमा बर्षेनी मनाइने छठ पर्व भव्यतापूर्वक सम्पन्न भएको छ ।
झुम्का नहरमा मात्रै १ सय ४८ ओटा घाटमा करिब तीन सय परिवारले छठ पुजा गरेको छठ माता सेवा समिति रामधुनीका अध्यक्ष मिलन रौनियारले बताए ।
छठमा पछिल्लो समय मधेशीबाहेक अन्य समुदायकोसमेत रुचि र सहभागिता बढ्दै गएकाले सबै समुदायको साझा चाडका रूपमा छठ थप भव्य बन्दै गएको अध्यक्ष रौनियार बताउछन् ।
श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै सम्पन्न भएको छ ।
चार दिनसम्म अत्यन्त नियम निष्ठापूर्वक मनाइने छठपर्वको हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो भने आज उदाउँदो सूर्यलाई अर्घ्य दिइएको हो ।
पारिवारिक सुख, समृद्धि तथा विभिन्न मनोकामना पूरा होस् भनेर सूर्यको उपासना गरी श्रद्धापूर्वक छठ पर्व मनाइन्छ ।

































Discussion about this post