चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईँले कि जेल जाने कि मर्ने कसम खाएर आफु काठमान्डौ आएकाले आन्दोलन सफल नभएसम्म नरोकिने बताएका छन् ।
भोलि काठमान्डौमा हुने कार्यक्रमबारे जानकारी दिन भक्तपुरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘कि जेल जान्छु कि मर्छु भनेर काठमाडौँ आएको हुँ, आन्दोलन सफल नभएसम्म रोकिँदैन ।’
नेकपा एमाले निकट युवासंघले मध्यरातमा महिला बसेको ठाउँमा हातपात गर्न खोजेको र महिलामाथि अत्याचार गर्दासमेत महिला अधिकारकर्मी र राज्यप्रसाशन मौन भएकोमा उनले आपत्ति जनाए ।