रामधुनी । सुनसरीको रामधुनी नगरपालिका–६ मा लागुऔषध कारोबारीमाथि प्रहरीले गोली प्रहार गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषध कारोबारीलाई पक्राउ गर्न बिहीबार बेलुका गोली चलाएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–५ बस्ने ४० वर्षीय श्याम निरौला र सप्तरीको सप्तकोशी–५ का ३५ वर्षीय श्यामसुन्दर मण्डल रहेका छन् । प्रहरीले पक्राउ गर्न खोज्दा आक्रमण गर्न खोजेपछि कारोबारीमाथि प्रहरीले गोली चलाएको थियो । गोली प्रहारबाट मण्डल सामान्य घाइते भएका छन् ।
उनीहरुको साथबाट प्रहरीले खैरो हेरोइन बरामदसमेत गरेको छ ।