रामधुनी : नेपाली काँग्रेस रामधुनी नगर कार्य समितिले सुनसरीको झुम्कामा आयोजना गरेको रक्तदान कार्यक्रममा १२५ प्रिन्ट ब्लड सङ्कलन भएको छ । आइतबार बिपी कोइराला स्मृति दिवशको अवसरमा रामधुनीमा काँग्रेसले रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रम बारे बोल्दै नगर सभापति सुदीप अधिकारीले बिपीले राजनीति र साहित्यको क्षेत्रबाट समाज बिकासमा खेलेको भूमिका धेरै महत्वपूर्ण भएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता राजिव कोइराला, सिताराम मेहता, इनरुवा नगरपालिकाका मेयर केदार भण्डारी, एमाले सुनसरीका सचिव राम कोइराला लगायतको उपस्थिति रहेको थियो ।