Saturday, October 24, 2026
हाम्राे शब्द
  • गृहपृष्ठ
  • समाचार
    कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित

    कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित

    अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

    अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

    श्रीलंका टापुको जग्गा लिजमा दिने सम्झौता र सिफारिस भएको छैन : मेयर कार्की (विज्ञप्तिसहित)

    बराहक्षेत्र नगरपालिकाबाटै मालपोत र नापी सेवा सुरु

    ‘कोशी’ नाम संशोधन गर्न एकतिहाई सांसदले प्रस्ताव राख्न सक्ने नियमावली पारित

    ‘कोशी’ नाम संशोधन गर्न एकतिहाई सांसदले प्रस्ताव राख्न सक्ने नियमावली पारित

  • राजनीति
    अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

    अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

    एमालेबाट निष्कासनपछि भोजपुरका उपप्रमुख र वडाध्यक्षले दिए राजीनामा

    एमालेबाट निष्कासनपछि भोजपुरका उपप्रमुख र वडाध्यक्षले दिए राजीनामा

    रामधुनी कांग्रेसको नेतृत्व बास्तोलाको हातमा, यस्तो छ नवनिर्वाचित टिम

    रामधुनी कांग्रेसको नेतृत्व बास्तोलाको हातमा, यस्तो छ नवनिर्वाचित टिम

    सुदीपपछि रामधुनी कांग्रेसको सभापतिमा चार नेताको चर्चा, सहमतिको प्रयास पनि जारी

    सुदीपपछि रामधुनी कांग्रेसको सभापतिमा चार नेताको चर्चा, सहमतिको प्रयास पनि जारी

  • समाज
  • शिक्षा
  • दृष्टिकाेण
    गगन–देउवा टकरावबारे सभापति अधिकारीको ‘महाभारत’ सन्देश- ‘आफ्नैसँगको जीत पनि हार हो’

    गगन–देउवा टकरावबारे सभापति अधिकारीको ‘महाभारत’ सन्देश- ‘आफ्नैसँगको जीत पनि हार हो’

    बालेन लक्षित मनिष झाको टिप्पणी- गाडीको कालो सीसा हटायौं, अब कालो चस्मा हटाउनुपर्छ

    बालेन लक्षित मनिष झाको टिप्पणी- गाडीको कालो सीसा हटायौं, अब कालो चस्मा हटाउनुपर्छ

    एमाले सुनसरीका नेता फुँयालको माग : ‘ओलीले निसर्त बिद्यालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ’

    सांसद चौधरीप्रति मेयर पौडेल आक्रोशित, भने- ‘राज्य र कानुन तिम्रो मात्र होइन, मेरो पनि हो’

    सांसद चौधरीप्रति मेयर पौडेल आक्रोशित, भने- ‘राज्य र कानुन तिम्रो मात्र होइन, मेरो पनि हो’

    शैक्षिक क्षेत्रको सुधारमा ‘बोल्ड’ इटहरी उपमहानगर– कर्मचारी र जनप्रतिनिधिका सन्तान सामुदायिक विद्यालयमा पढ्नुपर्ने निर्णय

    इटहरीका मेयर हेमकर्ण पौडेल भन्छन् : हल्ला, आरोप र विरोधले देश बन्दैन

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

    अनुचित तरिकाले मेरो सदस्यता रोकियो, महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि तपाईंहरूको साथमा छु : विद्यादेवी भण्डारी

  • अन्तरवार्ता
    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पर्यटन पूर्वाधार विस्तारलाई फोकस गरेका छौं, रामधुनी मन्दिर प्राथमिकतामा छ : मेयर चौधरी

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    पहिलो कार्यकालमा राम्रो काम नगरेको भए पुनः दोस्रोपटक जित्न संभव थिएन : चौधरी (अन्तर्वार्ता)

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    ‘बराहक्षेत्रको नगर अस्पतालमा चरम लापरबाही भएको छ, वास्तविकता बाहिर ल्याउँदैछौँ’

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    किन सधैं लोकप्रिय छन् गच्छदार ?

    Trending Tags

    • अन्य
      • फाेटाे फिचर
      • अर्थ/उत्पादन
      • कला/साहित्य
      • विभेद
      • दर्शन
      • इतिहास
      • पत्रपत्रिकाबाट
      • हाम्राे शब्द विशेष
      • खेलकुद
      • स्वास्थ्य
      • विश्व
    No Result
    View All Result

      Home राजनीति

      सुनसरी २ : कडा प्रतिस्पर्धा, गठबन्धनको आशामा दुवै नेता

      पार्टीभित्रको राजनीतिले अप्ठ्यारोमा परेका आचार्यलाई जनता समाजवादी पार्टीसँगको गठबन्धनको ठूलो आसा र भरोसा छ । एमालेका नेताहरु जसपासँगको गठबन्धनले चुनाव जित्ने दाबी गर्छन् । मतका आधारमा नेपाली कांग्रेसको गठबन्धनभन्दा एमाले जसपा गठबन्धन अगाडि छ ।

      हाम्राे शब्द by हाम्राे शब्द
      २१/०७/२०७९
      सुनसरी २ : कडा प्रतिस्पर्धा, गठबन्धनको आशामा दुवै नेता
      221
      SHARES
      Share on FacebookShare on Twitter

      सुनसरी । परम्परागत रुपमै नेपाली कांग्रेसको प्रभाव क्षेत्रको रुपमा रहेको सुनसरीको २ नम्बर निर्वाचन क्षेत्रमा निर्वाचनको मिति नजिकिदै जाँदा यसपटकको प्रतिनिधिसभातर्फ कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

      त्यहाँ प्रदेश–१ का मुख्यमन्त्रीसमेत भइसकेका नेकपा (एमाले)का स्थायी कमिटी सदस्य भीम आचार्य र लगातार दुईपटक संघीय सांसद भएर राज्यमन्त्री भइसकेका नेपाली कांग्रेसका सीताराम मेहता चुनावी प्रतिस्पर्धामा छन् ।

      सीताराम ‘ग्राउण्ड पोलिटिक्स’गर्ने नेता मानिन्छन् । ‘गरिबका नेता सीताराम मेहता’ २०७४ सालको प्रतिनिधिसभा निर्वाचन जिताउने उनको चर्चित नारा थियो । उनले नेकपा (माओवादी केन्द्र) का डम्मर सुवेदी (हिमाल) लाई ६ हजार १४६ मतान्तरले पराजित गरेका थिए ।

      त्यसअघि २०७० सालको संविधानसभा निर्वाचनमा पनि मेहता निर्वाचित भएका थिए । लगातार दुई पटक जित निकालेर निकै उत्साहित रहेका मेहता यसपटक ‘ह्याट्रिक’ गर्ने दाउमा छन् ।

      पार्टीभित्र राजिब कोइरालालाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउनु पर्ने मागका बिच आफ्नो नाममा टिकट ल्याउन सफल मेहतालाई त्यसका कारण उत्पन्न पार्टीभित्रको मनमुटाब, स्थानीय तहको निर्वाचनको टिकट वितरणलाई लिएर भएको आन्तरिकद्धन्द मिलाउँदै माहौल बनाएर चुनावमा तेस्रो जित निकाल्ने चुनौति देखिएको छ ।

      संविधान निर्माणमा सक्रिय सहभागिता जनाएको बताउने मेहताले ०७४ को निर्वाचनका बेला गरेको बाचा पूरा गरेको दाबी गर्छन् । ‘त्यो बेला गरेको बाचा पूरा गरेँ, केही पूरा हुने प्रक्रियामा छन् । त्यो पूरा गर्न यसपटक मलाई जनताले मत दिन्छन्, ’ उनले भने ।

      तर, उनले दाबी गरे जस्तो अवस्था छैन । लगातार सांसद हुँदा जिल्लाको विकासमा भूमिका निर्वाह गर्न नसकेको उनीमाथि आरोप लाग्ने गरेको छ । पूर्वाधार विकासमा पनि मेहताले काम गर्न नसकेको बताइन्छ । विशेषगरी इनरुवा–कौवाखोज सडक निर्माण हुन नसक्दा मेहताको तीव्र आलोचना हुने गरेको छ ।

      अर्कोतर्फ पार्टीभित्रको आन्तरिक गुटबन्दीको प्रभाव पनि यसपटक पर्ने देखिएको छ । टिकट वितरणमा देखिएको असन्तुष्टि निर्वाचनमा पोखिने मेहतालाई डर छ । कमजोर बन्दै गएको अवस्थामा पुरानै अनुहारलाई दोहो¥याउँदा पार्टीभित्र असन्तुष्टि छ ।

      यसले नेता कार्यकर्तामा उत्साह देखिएको छैन । यसको प्रत्यक्ष असर निर्वाचन प्रचारप्रसारमा पनि देखिएको छ । केही दिन अघि मेहताको आधार क्षेत्रमा रहेको देवानगञ्जमा उनीबिरुद्धको स्थानीयको नाराबाजी असरको आरम्भको रुपमा देखिएको छ ।

      यीनै कारणले एमालेका ‘हेभि वेट’ नेता भीम आचार्यसँगको प्रतिस्पर्धा उनका लागि निकै कठिन बन्न सक्ने आंकलन धेरैको छ । तर, मधेसी समुदाय भएको र त्यसमा पनि मेहता भएकाले जातीय मत उनको पक्षमा आउने विश्लेषण गरिएको छ । दक्षिणवर्ती क्षेत्रको जातीय मत उनका लागि निर्णायक हुने धेरैको विश्लेषण छ ।

      अर्कोतर्फ २०७४ सालको निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–१ प्रदेशसभा (क) बाट जितेका भीम आचार्य प्रदेश–१ सरकारको मुख्यमन्त्री भए । यसपटक भने आर्चाय प्रदेशसभा छाडेर प्रतिनिधिसभामा प्रतिस्पर्धा गरिरहेका छन् ।

      आचार्यले क्षेत्र पनि परिवर्तन गरेका छन् । अहिले सुनसरीको २ नम्बर क्षेत्रमा आएका छन् । उनको यो गृहक्षेत्र पनि हो । २०७४ को प्रदेशसभा जितेका आचार्य सुरुमै मुख्यमन्त्री हुने योजनामा थिए । तर, नेकपा (एमाले) प्रदेशसभा संसदीय दलको निर्वाचनमा शेरधन राईसँग पराजित भए । पछि राईले पद छाडेपछि करिब ७० दिन मुख्यमन्त्री बने ।

      संसद् विघठनविरुद्ध आवाज उठाएका आचार्य माधव नेपालले पार्टी विभाजन गर्दा १० बुँदे सहमति गर्दै एमालेमै बसे । मूख्यमन्त्री हुने शर्तमा आचार्यले माधव नेपालको साथ छाडेका थिए । अल्पमतको मुख्यमन्त्रि भएका आचार्यको सरकार दुई महिनामै ढलेको थियो ।
      मुख्यमन्त्री हुन १० बुँदे सहमति गरेको आचार्यमाथि आरोप छ । त्यही १० बुँदेको ट्यागले उनलाई अहिले तनाब दिएको छ । माथिल्लो तहमा नेताहरू मिले पनि तल्लो तहका नेता कार्यकर्तामा विश्वास बनिसकेको छैन । जरासम्म नै फैलिएको अविश्वास मेटाउन उनी प्रचारप्रसारमा लागि परेका छन् ।

      अर्कोतर्फ एमालेका जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीसँगको उनको ‘राजनीतिक तिक्तता’ पनि निर्वाचनमा तगारो बनेको छ । २०७४ को निर्वाचनका बेला आचार्यले भण्डारीलाई रोकेर माओवादीलाई टिकट दिएका थिए ।

      आचार्यले समानान्तर गुट चलाएर लगातार भण्डारीलाई दबाबमा राखेका थिए । यसपटक पनि प्रतिनिधिसभाको निर्वाचन लड्ने तयारी गरेका भण्डारीलाई प्रदेशसभामा झारेर आचार्य आफैँ चुनाव लड्दै छन् । पार्टीभित्रको आन्तरिक समीकरण मिलाउन आचार्यलाई निकै समस्या परेको छ ।

      गठबन्धनको आस
      पार्टीभित्रको राजनीतिले अप्ठ्यारोमा परेका आचार्यलाई जनता समाजवादी पार्टीसँगको गठबन्धनको ठूलो आसा र भरोसा छ । एमालेका नेताहरु जसपासँगको गठबन्धनले चुनाव जित्ने दाबी गर्छन् । मतका आधारमा नेपाली कांग्रेसको गठबन्धनभन्दा एमाले जसपा गठबन्धन अगाडि छ ।

      स्थानीय तहको निर्वाचनमा प्राप्त भएको मतका आधारमा दुई गठबन्धनको हिसाब गर्ने हो भने एमाले जसपा गठबन्धनका उम्मेदवार आर्चाय जित नजिक छन् । नेपाली कांग्रेसको गठबन्धनका सीताराम मेहताले निकै मिहिनेत गर्नुपर्ने देखिन्छ ।

      स्थानीय तहको मत परिणाम

      निर्वाचन क्षेत्र नम्बर २ मा इटहरी उपमहानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, १६, १७, १८, १९, २० गरी १० वटा वडा रहेको छ । इटहरीका १० वटा वडा मध्ये नेकपा एमालेले ८ र नेपाली कांग्रेसले २ वटा वडामा जित हासिल गरेका छन ।

      इटहरीको १० वटा वडामा खसेको मत मध्ये नेकपा एमालेका वडाध्यक्षहरुले कुल १९ हजार ६ सय ८१ मत प्राप्त गरेका छन भने नेपाली कांग्रेसका वडाध्यक्षहरुले २० हजार ९ सय १६ मत प्राप्त गरेका छन ।

      त्यस्तै रामधुनी नगरपालिकाको ६ वटा वडा क्षेत्र नम्बर २ मा पर्दछन । यहाँको १, २, ३, ५, ६, ९, १० नम्बर वडा सो क्षेत्रमा पर्दछ । जसमध्ये नेकपा एमालेले ३ वटा वडामा वडाध्यक्ष जितेको छ भने कांग्रेसले २ वटा वडामा जितेको छ । एउटा वडामा भने कांग्रेस गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीले वडाध्यक्ष पदमा जित निकालेको छ ।

      त्यहाँ नेकपा एमालेका वडाध्यक्षहरुले ७ हजार ६८ र नेपाली कांग्रेसका उम्मेदवारहरुले ६ हजार ६ सय ३२ मत प्राप्त गरेका छन । तर अहिले कांग्रेस गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादी पार्टीले जितेको वडा नम्बर ९ को मत जोड्ने हो भने कांग्रेस एमालेभन्दा अगाडि हुन्छ । त्यहाँ एकीकृत समाजवादीले १ हजार ६ सय ७२ मत प्राप्त गरेको छ ।

      सोही क्षेत्रमा इनरुवा नगरपालिकाको १, २, ५, ६, ९ र १० गरी छ वटा वडाहरु पर्दछन । जसमा एमालेले दुई वटा वडा र नेपाली कांग्रेसले ४ वटा वडामा जित हासिल गरेको छ । इनरुवाको यी वडामा खसेको मत मध्ये नेकपा एमालेले ५ हजार ३ सय ३० र नेपाली कांग्रेसले ६ हजार ४ सय ९१ मत प्राप्त गरेको छ ।

      पार्टीगत रुपमा प्राप्त गरेको मतको आधारमा कांग्रेस एमालेभन्दा अगाडि रहेपनि ति वडाहरुमा एमाले गठबन्धनमा रहेको जनता समाजवादी पार्टी, नेपालले पनि उल्लेख्य मत प्राप्त गरेकोले त्यो मतलाई जोड्दा नेकपा एमाले अगाडि हुन्छ । इनरुवाको १, २ र ९ नम्बर वडामा मात्रै जसपाले १ हजार ५ सय ५० मत प्राप्त गरेको छ भने ५ र ६ लाई जोड्दा झण्डै अठार सयको हाराहारीमा मत देखिन्छ ।

      त्यस्तै हरिनगर गाउँपालिकाको वडा नम्बर ३ गौतमपुर पनि सोही क्षेत्रमा पर्दछ । त्यहाँ थोरै मतको अन्तरले नेपाली कांग्रेस विजयी भएको छ । त्यहाँ नेपाली कांग्रेसले ९ सय ८६ मत प्राप्त गर्दा नेकपा एमालेले ९ सय ६४ मत प्राप्त गरेका छन ।

      झण्डै २२ मतले नेपाली कांग्रेस अगाडि रहेपनि त्यहाँ जसपाले ८७ मत प्राप्त गरेकोले सो मतलाई जोड्ने हो भने त्यहाँ एमाले–जसपा गठबन्धन अगाडि देखिन्छ ।

      त्यसैगरी सात वटा वडा रहेको देवानगञ्ज गाउँपालिका पुरै सोही क्षेत्रमा पर्दछ । त्यहाँ नेपाली कांग्रेसले एउटा, नेकपा एमालेले दुई वटा र जनता समाजवादी पार्टीले चार वटा वडामा जित हासिल गरेका छन ।

      सो गाउँपालिकामा नेपाली कांग्रेसले ५ हजार ९ सय ७२ मत प्राप्त गरेको छ भने नेकपा एमालेले३ हजार ४ सय ३८ मत प्राप्त गरेको छ । त्यहाँ पार्टीगत मतको आधारमा नेपाली कांग्रेस नेकपा एमालेभन्दा दुई हजार पाँच सय मतले अगाडि रहेको छ तर त्यहाँ एमाले गठबन्धनमा रहेको जनता समाजवादी पार्टी, नेपालले सबैभन्दा बढी ६ हजार १ सय ३२ मत प्राप्त गरेको छ ।

      गठबन्धनमा रहेका दुई दलको मत जोड्ने हो भने त्यहाँ एमाले अहिलेको स्थितिमा तीन हजार पाँच सय मतभन्दा पनि बढी मतले अगाडि रहेको छ ।

      समग्र क्षेत्रमा स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले ३६ हजार ४ सय ७१, नेपाली कांग्रेसले ३८ हजार ३३ मत प्राप्त गरेका छन । जसमा एमाले गठबन्धनमा रहेको जसपा, नेपालले ८ हजार २ सय मत प्राप्त गरेको छ । गठबन्धनमा रहेका दुबै दलका मत जोड्ने हो भने समग्र क्षेत्रमा नेकपा एमाले ६ हजार बढी मतले अगाडि देखिन्छ ।

      तर स्थानीय तह निर्वाचन र प्रतिनिधिसभा निर्वाचनमा प्राप्त हुने मत फरक हुने स्थानीय नेताहरूको भनाइ छ ।

      स्थानीय तह निर्वाचनमा व्यक्ति रोजेका मतदातले यसपटक पार्टी रोज्ने भएकाले सोहीअनुसार मत नआउने उनीहरूको भनाइ छ । तर, पनि राम्रो संगठन गरेका कारण जसपाको मत निर्णायक बन्न सक्ने देखिन्छ ।

      Previous Post

      अब युवाको हितका निम्ति काम गर्छु : मेहता

      Next Post

      ‘व्यवस्था बदल्यौँ, अवस्था पनि बदल्छौँ’

      हाम्राे शब्द

      हाम्राे शब्द

      पत्रकारिताका विभिन्न माध्यमहरु मध्य निकै प्रभावकारी देखिएको अनलाइन सञ्चार माध्यम हामीले सञ्चालनमा ल्याएका छौँ । पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि द्वारा हाम्रो शब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      सम्बन्धित खबर

      कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित
      समाचार

      कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित

      by हाम्राे शब्द
      २९/०६/२०८३
      0

      काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री (मुस्लिम) पदमा डा. मो. फिरदोश आलम निर्वाचित भएका छन् । पूर्वमन्त्री अफताब आलमका छोरा फिरदोशले...

      अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग
      राजनीति

      अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

      by हाम्राे शब्द
      २८/०६/२०८३
      0

      विराटनगर । प्रदेशको अधिकार कार्यान्वयनदेखि वित्तीय स्रोतको न्यायोचित बाँडफाँटसम्मका विषयमा साझा धारणा बनाउँदै सातै प्रदेशका मुख्यमन्त्रीले ‘कोशी घोषणा–२०८३’ जारी गरेका...

      अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

      अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

      २७/०६/२०८३
      श्रीलंका टापुको जग्गा लिजमा दिने सम्झौता र सिफारिस भएको छैन : मेयर कार्की (विज्ञप्तिसहित)

      बराहक्षेत्र नगरपालिकाबाटै मालपोत र नापी सेवा सुरु

      २६/०६/२०८३
      ‘कोशी’ नाम संशोधन गर्न एकतिहाई सांसदले प्रस्ताव राख्न सक्ने नियमावली पारित

      ‘कोशी’ नाम संशोधन गर्न एकतिहाई सांसदले प्रस्ताव राख्न सक्ने नियमावली पारित

      २५/०६/२०८३
      गगनलाई विश्वप्रकाशको बधाईसँगै सुझाव– देशलाई गन्तव्यमा पुर्‍याउनुछ, फरक मत र मनलाई जोडेर अघि बढ्नू

      गगनलाई विश्वप्रकाशको बधाईसँगै सुझाव– देशलाई गन्तव्यमा पुर्‍याउनुछ, फरक मत र मनलाई जोडेर अघि बढ्नू

      २४/०६/२०८३

      Discussion about this post

      No Result
      View All Result
      • बढी पढिएकाे
      • प्रतिक्रिया
      • ताजा खबर
      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      एमालेले गर्‍यो सुनसरीका चारै क्षेत्रमा उम्मेदवार सिफारिस : कतै एकल, कतै प्रतिस्पर्धा

      २३/०९/२०८२
      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      रामधुनी–७ का वडा अध्यक्ष केशव गौतम गाउँकै महिलासँग होटलबाट रंगेहात पक्राउ

      २४/०८/२०८०
      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      तरकारी बोक्ने गाडीले ठक्कर दिँदा सुनसरीको रामधुनीमा दुई जनाको ज्यान गयो

      ०६/१२/२०८२
      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      रामधुनीमा एक महिलामाथि सामुहिक रुपमा निर्घात कुटपिट

      १३/०५/२०८०

      Hello world!

      0
      रामधुनी मन्दिरको सुरक्षामा पर्यटनमन्त्रीको चासो, थप जनशक्ति परिचालन गर्ने प्रहरीको तयारी

      रामधुनी मन्दिरको सुरक्षामा पर्यटनमन्त्रीको चासो, थप जनशक्ति परिचालन गर्ने प्रहरीको तयारी

      0
      मन्त्रीबाटै आचारसंहिता उल्लंघन

      मन्त्रीबाटै आचारसंहिता उल्लंघन

      0
      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      १० महिनामा दुई हजार ४२३ मा स्क्रब टाइफस पुष्टि

      0
      कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित

      कांग्रेस सहमहामन्त्रीमा अफताब आलमका छोरा फिरदोश निर्वाचित

      २९/०६/२०८३
      अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

      अधिकार र स्रोत हस्तान्तरण गर्न सङ्घीय सरकारसँग सात मुख्यमन्त्रीको माग

      २८/०६/२०८३
      अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

      अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपणः नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा खुम्चिने, महँगी बढ्ने

      २७/०६/२०८३
      श्रीलंका टापुको जग्गा लिजमा दिने सम्झौता र सिफारिस भएको छैन : मेयर कार्की (विज्ञप्तिसहित)

      बराहक्षेत्र नगरपालिकाबाटै मालपोत र नापी सेवा सुरु

      २६/०६/२०८३

      हाम्राे बारेमा

      पत्रकारिता क्षेत्रमा सत्य, तथ्य र सधैं निष्पक्ष ढंगले प्रस्तुत हुदै न्यायपूर्ण र समातामूलक समाज निर्माण गर्ने मुख्य उद्देश्यका साथ शुभ युग मिडिया प्रा.लि. द्वारा हाम्रोशब्द डटकम सञ्चालनमा ल्याइएको हो ।

      हाम्राे टिम / सम्पर्क

      अध्यक्ष/सञ्चालक : शिशिर भट्टराई
      सम्पादक : अञ्जना चौधरी
      सम्वाददाता : रिता ढकाल
      संवाददाता : नविन दाहाल
      ठेगाना : रामधुनी-५, सुनसरी
      सम्पर्क इमेल : hamrosabda24@gmail.com
      माेबाइल नम्बर : ९८६२९७७०६६

      दर्ता विवरण

      कम्पनीकाे नाम : शुभयुग मिडिया प्रा.लि.
      कम्पनी दर्ता नं. : २३८९३५/२०७७/०७८
      स्थायी लेखा नं. : ६०९७६७२९८
      प्रेस काउन्सिल सूचिकृत नं.: ३९१७
      सूचना विभाग दर्ता नंं. : ३७३९/२०७९/०८०

      फेसबुकमा फलाे गर्नुहाेस्

      © Shubhayug Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana