रामधुनी । रामधुनीमा जारी मेयर कम भेट्रान नकाउट फुटबल प्रतियोगिता अन्तर्गत आजको खेलमा मिल्स भेट्रान बिराटनगरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै राजावास भेट्रान सेमिफाइनलमा प्रवेश गरेको छ ।
खेल अवधिभर दुवै टोलीले गोलका लागि थुप्रै प्रयास गरेका थिए । तर दुवै टोली गोल गर्न असफल रहे । प्रतिस्पर्धात्मक खेलमा निर्धारित ६० मिनेटमा दुवै पक्षले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टी सुटआउटमा राजावासले मिल्स भेट्रानलाई ८–७ ले पराजित गरेको छ ।
राजावासको जितसँगै सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा आयोजक रामधुनी भेट्रान, दमक भेट्रान बिराटचौक भेट्रान र राजावास भेट्रान प्रवेश गरेका छन् । भोलि हुने खेल रामधुनी भेट्रान र राजावास भेट्रानबीच हुनेछ । फाइनल खेल आगामी आइतबार हुनेछ ।
प्रतियोगितामा विजेता टिमले नगद एक लाख १ हजार प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैँया प्राप्त गर्ने आयोजक आयोजक रामधुनी भेट्रानका अध्यक्ष चन्द्र बहादुर बस्नेतले जानकारी दिए ।