रामधुनी । रामधुनी नगरपालिकाले भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसलाई बस खरिदका लागि ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
मंगलबार १८ औँ नगर सभामा उपप्रमुख तारा थापाले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेटमा क्याम्पसका लागि यो रकम छुट्याइएको हो । विद्यार्थीको सहज आवागमनका लागि क्याम्पसमा बस आवश्यक रहेको भन्दै नगरले बजेट विनियोजन गरेको हो ।
त्यस्तै, क्याम्पसको सञ्चालन र व्यवस्थापनका लागि छुट्टै १५ लाख बजेटसमेत विनियोजन गरिएको छ । नगरपालिकाले विगतका वर्षहरूमा पनि क्याम्पसलाई निरन्तर सहयोग गर्दै आएको छ । नगरले हरेक वर्ष क्याम्पसका लागि औसत ५० लाख रुपैयाँ नगरले बजेट विनियोजन गर्दै आएको छ ।


































Discussion about this post