रामधुनी । रामधुनी नगरपालिकाले जेष्ठ नागरिकको दाँत निर्माणका लागि सहयोग गर्ने भएको छ । मंगलबार सम्पन्न १८ औँ नगर सभामा उपप्रमुख तारा थापाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/०८३ को बजेटमा यस कार्यक्रमलाई समेटिएको हो ।
नगरपालिकाले दाँत बनाउने खर्च व्यहोर्नका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । नगरपालिकाले नगरभित्रका जेष्ठ नागरिकलाई दन्त स्वास्थ्य सुधार तथा कृत्रिम दाँत जडानमा यो सहयोग उपलब्ध गराउने जनाएको छ ।

































Discussion about this post