रामधुनी । रामधुनी नगरपालिका वडा नम्बर ९ ले हरित विकासलाई प्राथमिकतामा राख्दै पछिल्ला दुई वर्षमा २ हजार ५ सयभन्दा बढी विरुवा रोपेको छ । वडाले कागति, अम्बक, कटर, कल्की, सरिफा लगायतका विरुवा रापेको हो ।
चालु आर्थिक वर्ष २०८१/०८२ मा मात्र वडा कार्यालयले १ हजार ५ सय वटा फलफूल लगायत विभिन्न प्रजातिका रोपेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा एक हजार विरुवा रोपिएको वडा अध्यक्ष घनश्याम चौधरीले जानकारी दिए ।
उनका अनुसार यो वर्ष एकैदिन स्थानीय र विद्यार्थीको सहभागितमा विश्व वातावरण दिवसको अवसर पारेर १ हजार ५ सय वटा विरुवा रोपिएको हो । उनले भने, ‘हरित वडा बनाउने हाम्रो सपना हो । अहिले रोपिएको विरुवा हुर्किएपछि वडा झन् हरियाली हुनेछ । यो अभियान आगामी दिनमा पनि अझ शसक्त ढंगले निरन्तर चलाउँछौं ।’
वडाले वातावरण संरक्षणसँगै कृषिमा आत्मनिर्भरता बढाउने उद्देश्यले विरुवा वितरण र वृक्षारोपण कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ । यसले वडा क्षेत्रका सर्वसाधारण र किसानलाई उत्पादनमुखी बनाउन प्रेरित गरेको छ । स्थानीयले समेत यो अभियानलाई सकारात्मक रूपमा लिएको र आफ्नै घर आँगन, बारी र सार्वजनिक स्थलमा विरुवा रोपेर संरक्षणमा जुटेका छन् । वडाले आगामी दिनमा घरघरमा फलफुल र सार्वजनिक क्षेत्रहरूमा थप वृक्षारोपण गर्ने तयारी पनि गरेको छ ।
(रामधुनीमा ६० काम ६० समाचार : स्थानीय तह निर्वाचन २०७९ देखि आजम्म समाचार श्रृङखला अन्तर्गत)


































Discussion about this post