सुनसरी । कैद जीवन विताइरहेका थरुहट आन्दोलनका नेता रेशम चौधरीका बुवा लालवीर चौधरी बर्दिया २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
स्वतन्त्र उम्मेदवारी दिए पनि नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएका चौधरी २६ हजार ५२० मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनका सुरेश पन्थले २६ हजार ३८४ मत पाएका छन् । एमालेका पंकजसिंह राठौरले १६ हजार ९० मत पाए।
बर्दिया–२ मा नागरिक उन्मुक्तिबाट रेशमको उम्मेदवारी परेको थियो । तर, कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका व्यक्ति उम्मेदवार बन्न नपाउने भएपछि निर्वाचन आयोगले खारेज गरिदिएको थियो।
रेशमको उम्मेदवारी खारेज हुनसक्ने ठानेरै नागरिक उन्मुक्तिले बर्दिया २ मा उनका बुवा लालवीरलाई स्वतन्त्र उम्मेदवारी दिन लगाएको थियो ।
































Discussion about this post