रामधुनी । झुम्का कारागारबाट फरार खोटाङका रूपक पौडेल खत्री झापाबाट पक्राउ परेका छन् । साउन २८ गते बिहान कारागारको २० फिट अग्लो पर्खाल नाघेर फरार भएका खत्री आफन्तको घरमा लुकिछिपी बसेका थिए ।
प्रहरीका अनुसार उनी शुक्रबार राति झापा आएका थिए र शनिबार बिहान ६ बजे नियन्त्रणमा लिइएको हो । सुनसरी र झापाको संयुक्त टोलीले उनको सम्भावित ठाँउको निगरानी गरी पक्राउ गरेको जनाएको छ ।
खत्रीलाई २०८१ चैत २५ गते १३ वर्ष कैदको फैसला भएको थियो । फरारको घटनाबारे छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । समिति कारागारका कर्मचारी र सुरक्षाकर्मीको बयान लिने र प्रतिवेदन तयार पार्ने कार्यमा जुटेको छ ।






























Discussion about this post