सुनसरी । अक्टोबर ९ मा जेनजीहरूको फेरि हिंसात्मक प्रदर्शन हुने भन्दै हल्ला फैलिएपछि जेनजी अगुवा मिराज ढुंगानाले त्यस्ता कुनै पनि आन्दोलन नहुने बताएका छन् ।
सामाजिक सञ्जालमा हल्ला फैल्याएको भन्दै उनले एजेन्डाबिना आन्दोलनको अर्थ नहुँने त्यसमा आफूहरू संलग्न नहुने बताए । उनले जेनजीहरूले देशमा शान्ति विथोल्न नचाहेकोसमेत बताए ।
‘धेरैले मलाई अक्टोबर ९ को विषयमा सोधिरहनुभएको छ । म प्रस्ट्याउन चाहन्छु अक्टोबर ९ मा कुनै पनि हिंसात्मक गतिविधि गर्ने योजना छैन । त्यस्तोमा हामी संलग्न हुँदैनौँ ।’ उनले भनेका छन्, ‘शान्तिपूर्ण रूपमा केही गर्न सकिएला तर हिंसात्मक गतिविधि हुनु हुँदैन ।’


































Discussion about this post