रामधुनी । विभिन्न वाम घटकहरूबीचको एकतापछि गठन भएको नयाँ राजनीतिक शक्ति नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापी रूपमा संगठन सुदृढीकरण तथा एकताको सन्देश प्रवाह गर्न अभियान सञ्चालन गरिरहेको छ ।
यसै अभियानअन्तर्गत भोलि बिहीबार सुनसरीको रामधुनी नगरपालिकास्थित झुम्कामा नगर स्तरीय ‘एकता सन्देश सभा’ आयोजना हुने भएको छ। पार्टीका अनुसार सभा बिहीबार बिहान ११ बजेदेखि झुम्का बजारको कल्पवृक्ष पार्टी प्यालेसमा सञ्चालन हुनेछ ।
उक्त कार्यक्रममा तत्कालीन नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य रामकुमारी चौधरी तथा तत्कालीन नेकपा एकीकृत समाजवादी पार्टी सुनसरी जिल्ला कमिटीका अध्यक्ष गोविन्द निरौला लगायत पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक र सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ ।
सभामा पार्टीको एकता प्रक्रिया, समसामयिक राजनीतिक अवस्था, वामपन्थी आन्दोलनको औचित्य तथा आगामी कार्यदिशाका विषयमा छलफल गरिने नेकपाका स्थानीय नेता बलराम चौलागाईले जानकारी दिए ।
































Discussion about this post