रामधुनी । झुम्का जेसीजको वर्ष २०२६ का लागि नयाँ नेतृत्व चयन भएको छ । सुनसरीको झुम्कामा सम्पन्न झुम्का जेसीजको २० औँ वार्षिक साधारण सभा तथा शाखा अधिवेशनबाट जेसी रोशन खड्का अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।
अधिवेशनले वर्ष २०२६ का लागि सम्पूर्ण पदाधिकारी तथा कार्यसमितिलाई निर्विरोध चयन गरेको हो । खड्काको नेतृत्वमा कार्यकारिणी उपाध्यक्षमा जेसी भोला शाह र जेसी आर.बी. कटवाल निर्वाचित भएका छन् । उपाध्यक्षहरूमा जेसी शिशिर भट्टराई, जेसी हेमराज खड्का (आदित्य), जेसी सुरज चौधरी र जेसी शिव कार्की चयन भएका छन् ।
जेसीजले १८ देखि ४० वर्ष उमेर समूहका युवाहरूलाई नेतृत्व विकास, उद्यमशीलता प्रवर्धन तथा सामाजिक रूपान्तरणमा सक्रिय बनाउँदै आएको छ । झुम्का जेसीजले पनि नेतृत्व विकास, संगठन विस्तार, क्षमता अभिवृद्धि र सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्ने नवनिर्वाचित अध्यक्ष खडकाले बताए ।

































Discussion about this post