रामधुनी । झुम्का खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिको आगामी कार्यसमितिका लागि यहि शनिबार निर्वाचन हुँदैछ । निर्वाचनमा प्रेम खड्का र उमेश दाहाल नेतृत्वका दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ ।
समितिको विधानअनुसार अध्यक्ष १, उपाध्यक्ष १ (महिला अनिवार्य), सचिव १ र कोषाध्यक्ष १ जना निर्वाचित हुने व्यवस्था छ । यस्तै, पाँच जना सदस्यमा दुई महिला र तीन जना खुला सदस्य प्रत्यक्ष निर्वाचनबाट चयन हुनेछन् । निर्वाचित समितिले थप ६ जनालाई मनोनित गर्नेछ । मनोनितसहित १५ सदस्यीय कार्यसमिति गठन हुने विधानमा उल्लेख छ ।
प्रेम खड्का नेतृत्वको प्यानलमा उपाध्यक्षमा सिर्जना भट्टराई, सचिवमा देवराज पोख्रेल र कोषाध्यक्षमा सुमन राउत रहेका छन् । सदस्यमा सुदीप पराजुली, शंकर थापा र पुष्प कार्की छन् भने महिला सदस्यमा मेनुका राई बस्नेत र कल्पना श्रेष्ठ रहेका छन् । लेखा समितिको संयोजकमा श्यामप्रसाद ढकाल र सदस्यमा कृष्णराज निरौला रहेका छन् ।
उमेश दाहाल नेतृत्वको प्यानलमा उपाध्यक्षमा सिता खनाल, सचिवमा उमाकान्त फुँयाल र कोषाध्यक्षमा हर्षलाल चौधरी रहेका छन् । खुला सदस्यमा कमल काफ्ले, दिलिपकुमार चौधरी र शान्तकुमार श्रेष्ठ छन् । महिला सदस्यमा संगिता कोइराला भण्डारी र अन्जु कुमारी चौधरी रहेका छन् । लेखा समितिको संयोजकमा यमप्रसाद गेलाल र सदस्यमा कमल थापा छन् ।
राजनीतिक समर्थनका आधारमा प्रेम खड्का नेतृत्वको प्यानललाई नेपाली कांग्रेस, पुस्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी र रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन रहेको छ । उमेश दाहाल नेतृत्वको प्यानललाई भने नेकपा एमालेको समर्थन रहेको छ ।
निर्वाचनका लागि २ सय ५६ जना मतदाता टोलटोलबाट प्रतिनिधिको रुपमा छानिएका छन् । चार हजारभन्दा बढी घरधुरीको प्रतिनिधित्व गर्ने यस समितिको निर्वाचनमा प्रतिनिधि तथा पुरानो कार्यसमितिमा रहेका १० जनासहित कुल २ सय ६६ जनाले मतदान गर्ने निर्वाचन समितिले जनाएको छ ।
































Discussion about this post