काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा भन्सार लिनुपर्ने निर्णयलाई व्यवहारिक नभएको बताएका छन्।
थापाले सीमावर्ती क्षेत्रबाट दैनिक उपभोग्य वस्तु किन्दा नागरिकले भोग्नुपर्ने कठिनाइ र असहजताबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको दैनिकीलाई असर गर्ने गरी गरिएको यस्तो निर्णय व्यवहारिक नभएको बताए।
उनले सीमामा कडाइ गर्नुभन्दा पनि सहज व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्दै, यसले व्यापार, जीवनयापन र स्थानीय अर्थतन्त्रमा असर पार्ने बताए।
थापाले सरकारसँग यस विषयमा पुनर्विचार गर्न आग्रह गरेका छन्।



































Discussion about this post