इनरुवा । सुनसरीको इनरुवा–५ बलाहाका आगलागीपीडित भानुभक्त श्रेष्ठलाई नेकपा (एमाले) इनरुवा–५ नम्बर वडा कमिटीले ४५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
साउन १६ गते भएको आगलागीमा श्रेष्ठको घर पूर्ण रूपमा जलेर नष्ट भएपछि वडा कमिटीले पीडित परिवारलाई सहयोग गर्ने निर्णय गर्दै पार्टीका कार्यकर्ता तथा इच्छुक स्थानीयबाट स्वेच्छिक रूपमा सहयोग रकम संकलन गरेको थियो ।
साउन १७ गते बसेको वडा कमिटीको बैठकले सहयोग संकलन गर्ने निर्णय गरेको थियो । संकलित ४५ हजार ६५ रुपैयाँ बिहीबार पीडित परिवारलाई हस्तान्तरण गरिएको एमाले नेता लोकेश निरौलाले बताए । सहयोग हस्तान्तरण कार्यक्रममा एमाले नेताहरू पोस्ट कुमार नेपाल, खेमराज पोखरेल, लोकेश निरौला, केदार न्यौपाने, हरी पोखरेल, गोपी ढकाललगायतको उपस्थिति रहेको थियो ।
वडा कमिटी अध्यक्ष पार्वतीराज पोखरेलले विपद्को कठिन समयमा पीडित परिवारको साथमा उभिन स्वेच्छिक रूपमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि मानवीय सहयोगलाई निरन्तरता दिइने बताइन् ।



































Discussion about this post