रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका सम्पुर्ण ग्रामथानहरुलाई सुचिकृत गरि संरक्षण गर्ने भएको छ ।
आइतबार नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर शंकरलाल चौधरीले यस्तो घोषणा गरेका हुन् ।
मेयर चौधरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भनिएको छ, ‘रामधुनी नगर भित्र रहेका सम्पुर्ण ग्रामथानहरु सुचिकृत गरी संरक्षण गरिने नीति लिइनेछ ।’
थारु समुदायको आस्था, पहिचान र संस्कृति बोक्ने ग्रामथानहरु अतिक्रममा परिरहेको भन्दै थारु अगुवाहरुले आवाज उठाउँने गरेका छन् । थारु समुदायमा जन्मदेखि मृत्युसम्मका संस्कारहरुका लागि ग्रामथानको ठूलो महत्व रहेको छ ।

































Discussion about this post