बराहक्षेत्र । सुनसरीको बराहक्षेत्रको अब्बल विधालयको रूपमा रहेको मुनबिम एकेडेमीले हाजिरी जवाफ प्रतियोगिताको उपाधी चुमेको छ ।
आज (शुक्रबार) निजि विधालयहरूको छाता संगठन बराहक्षेत्र प्याब्सनले आयोजना गरेको नगरस्तरीय हाजिरी जवाफ प्रतियोगितामा मुनबिम एकेडेमी प्रथम बनेको हो ।
१३० अङ्क सहित मुनबिम एकेडेमीले प्रथम स्थान हासिल गर्दैगर्दा ९५ नम्बर ल्याउँदै जय सप्तकोशी स्कुल दोस्रो र ८० नम्बरका साथ अक्सफोर्ड लाइफ स्कुल तेस्रो स्थान हासिल गरेको प्याब्सन बराहक्षेत्रले जानकारी दिएको छ ।
प्रतियोगितामा बराहक्षेत्र नगरभरी रहेका माध्यमिक तहसम्मका १३ निजि तथा संस्थागत विद्यालयहरु सहभागिता जनाएका थिए । जसअन्तर्गत पहिलो छनौट राउण्डबाट जय सप्तकोशी, चिल्ड्रेन हार्ट एकेडेमी, भरौल बाल मन्दिर, पिसफुल एकेडेमी, अक्सफोर्ड लाइफ र मुनबिम एकेडेमी छनोट भएका थिए ।
मुनबिम एकेडेमीको प्राङ्गणमा सञ्चालन भएको प्रतियोगिता निकै प्रतिस्पर्धात्मक रहेको थियो । प्रतियोगितामा मुनबिम एकेडेमीले अन्त्यसम्म अगाडि बढिरहदा जित हासिल गरेको हो । यस प्रतियोगितामा प्रथम हुने मुनबिम एकेडेमी र दोस्रो हुने जय सप्तकोशी स्कुलले जिल्लामा सहभागिता जनाउन पाउने आयोजक बराहक्षेत्र प्याब्सनले जनाएको छ ।
प्रथम स्थान हासिल गर्ने मुनबिम एकेडेमी अतिरिक्त क्रियाकलापमा सधै अब्बल देखिँदै आएको छ । बराहक्षेत्र ५ मा अबस्थित रहेको यस् विधालयले यसअघि पनि नगर तहदेखि जिल्ला तहसम्म हुने विभिन्न प्रतियोगिताहरूमा जित निकालेर इतिहास बनाउँदै आएको छ । विधालयका प्रिन्सिपल देभेन्द्र विष्ट भन्छन्, हामी कोर्स भन्दा माथी उठेर व्यबहारिक शिक्षासँगै अतिरिक्त क्रियाकलापमा विशेष ध्यान दिने गर्छौ ।