बराहक्षेत्र ।
सुनसरी बराहक्षेत्रमा ५ मा रहेको मुनबिम एकेडेमीले विधार्थीको व्यबहारिक शिक्षालाई निखार्ने कार्यमा कसरत गरिरहेको छ ।
व्यबहारिक शिक्षा नै आजको आवश्यक्ता भन्ने मान्यतालाई आत्मसात गर्दै विधालय सोहिअनुरुप लागि परेको देखिन्छ । यसैक्रममा पछिल्लोसमय बालपत्रिका प्रकाशन उदाहरणीय बनेको हो । 
कक्षा ६ देखि ९ सम्मका विधार्थीहरुको समूहले दुई भाषामा मासिक बालपत्रिका प्रकाशन सुरु गरेको प्रिन्सिपल देबेन्द्र बहादुर बिष्टले जानकारी दिए । सार्वजनिक भएको पहिलो अंक नेपाली भाषामा ‘सिर्जनशील मासिक बालपत्रिका’ रहेको छ भने अङ्ग्रेजी भाषामा ‘राइजिङ जेनियस’ रहेको छ ।
- व्यबसायिक पत्रकारिताको अभ्यास अनुरुप विधार्थीले दुई भाषाका निम्ति छुट्टाछुट्टै टिम बनाएका छन् । जसअन्तर्गत सिर्जनशील मासिक बालपत्रिकाको प्रमुख सम्पादक कृष्ण दाहाल, सम्पादक सविना चौधरी, सह-सम्पादक दीक्षा थापा मगर, व्यवस्थापक दोर्ची शेर्पा, पत्रिका डिजाइनर निशु चौधरी, साहित्य विभाग प्रमुख समीक्षा गौतम, फोटोग्राफर निकेश बस्नेत, हस्तलेखन सोहन विश्वकर्मा र समीर कटुवाल, खेल विभाग प्रमुख निगम थापा, समचार प्रमुख मनिषा बराल, सम्वाददाता अमन बस्नेत र आइक्यु को-ओरडिनेटर पीयूष शाह रहेका छन् ।

त्यस्तै, अंग्रेजी भाषातर्फ ‘द राइजिङ जेनियस’ का लागि प्रधानसम्पादक निश्चल चौधरी, सम्पादक रुबी ठकुरी, सह-सम्पादक रबिन बस्नेत, कार्यकारी सम्पादक रुबी राई, संवाददाता परि शाह, डिजाइनर श्यारोन धामी, साहित्य विभाग प्रमुख रिसभ निरौला, खेलकुद विभाग प्रमुख युसन सुबेदी, आइक्यु प्रमुख विश्वास राई र कार्टुनतर्फ रुनाहान्ह लिम्बूको समूह रहेको छ ।
बाल प्रतिभा तथा सिर्जना प्रस्फूटन गराउने उद्देश्यले उनीहरुका सिर्जना हस्तलिखित रुपमा प्रकाशन गराउने उदेश्यले बालपत्रिका सुरु गरिएको शिक्षक लक्ष्मण कटुवाल बताउँछन् । उनी थप्छन्, विधालयले लकडाउनअघिनै सुरु गरेको भएपनि लकडाउनले गर्दा रोकिएको थियो, अब निरन्तर रूपमा अघि बढ्छ ।

































Discussion about this post