रामधुनी । तीन महिने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ अन्तर्गत नेकपा (माओवादी केन्द्र) ले सुनसरीको रामधुनी नगरपालिकामा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभा सदस्य जीवन आचार्यको नेतृत्वमा रामधुनीमा ३ महिनासम्म विभिन्न कार्यक्रम गर्दै चलेको अभियान अन्तर्गत बुधबार शिविरको आयोजना गरिएको हो ।
रामधुनी नगरपालिका वडा नम्बर ३ मा आयोजना गरिएको शिविरमा फिजिसियन, स्त्रीरोग, बाल रोग, नाक, कान, घाटी तथा आँखा रोगका विशेषज्ञ डाक्टरहरुले निशुल्क सेवा दिएका थिए । बिरामीहरूलाई इसिजी, युएसजी, भिडियो एक्स–रे तथा ल्याबको सेवा निःशुल्क उपलब्ध गराइएको तथा विभिन्न औषधिसमेत निःशुल्क वितरण गरिएको माओवादी नगर कमिटी अध्यक्ष बलराम चौलागाईले जानकारी दिए ।
शिविरमा तीन सय भन्दा बढिले सेवा लिएका थिए । अभियानलाई प्राविधिक रूपमा विराट टिचिङ अस्पतालले सहजीकरण गरेको थियो ।

































Discussion about this post