रामधुनी । नेकपा एमाले सुनसरी जिल्ला कमिटी अध्यक्षमा निलम खनाल विजयी भएका छन् । ८ औं जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी खेमराज पोख्रेललाई पराजित गर्दै बराहक्षेत्रका खनाल निर्वाचित भएका हुन् । खनालले ३८३ मत प्राप्त गर्दा पोखरेल २८७ मतमा रोकिए ।
त्यस्तै, उपाध्यक्षमा इनरुवाका पर्शुराम यादव, सचिवमा रामधुनीका राम कोइराला, उपसचिवमा इटहरीका यम शुब्बा र धरानकी इन्द्रकला राई निर्वाचित भएका छन् ।
गत जेठ ५ गते सुरु भएको अधिवेशन ८ गतेसम्म चल्नेको थियो । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलले इटहरीमा अधिवेशन उद्घाटन गरेका थिए । अधिवेशनमा ६ सय ८१ जना प्रतिनिधिले मतदान गरेका थिए ।


































Discussion about this post