सुनसरी । प्रधानमन्त्री केपी ओलीले सचिवहरूलाई २६ बुँदे निर्देशन दिदै रेल र पानीजहाज चलाउने योजनालाई प्राथमिकतामा राख्न भनेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर सचिवहरुलाई स्थायित्वका लागि आफ्नो नेतृत्वमा सरकार बनेका हुनाले ढुक्कसँग काम गर्न निर्देशन दिए ।
उनले धरहरा बनिसकेको भएपनि पार्किङको व्यवस्थापन नहुँदा सञ्चालनमा नआएको बताए । उनले भने, ‘पार्किङ शुल्क लिएर भए पनि सञ्चालन गर्नुपर्छ ।’
सरकारको कार्यकालको सय दिनसम्म पुग्दा साधारणतयताः मन्त्रीहरुले अरुको आलोचना नगर्न निर्देशन दिएका छन् ।