रामधुनी । खानेपानी शुल्क मनपरि वृद्धि गरेपछि खारेजीको माग गर्दै मेयर हर्क साम्पाङविरुद्ध धरानका १० राजनीतिक दल आन्दोलनमा उत्रिएका छन् ।
खानेपानीमा पुरानै दर कायम गर्न १० राजनीतिक दलले माग गरेका छन् । दलहरुले आइतबार खानेपानी व्यवस्थापन बोर्डसम्म ¥यालीसहित धर्ना कार्यक्रम गरेका छन् ।
आन्दोलनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, राप्रपा नेपाल, रास्वपा लगायत दल सहभागी छन् । मेयर साम्पाङविरुद्ध उपमेयर अइन्द्र विक्रम बेघासमेत आन्दोलनमा सहभागी भएका छन् ।
धरानमा नयाँ धारा जडान गर्दा न्यूनतम ३३ देखि ३०० प्रतिशतसम्म शुल्क बढाइएको छ । त्यस्तै, होल चेन्ज १५० देखि २८० प्रतिशतसम्म, नामसारी मृतकबाट २४०० प्रतिशतदेखि ९९०० प्रतिशतसम्म, मर्मत तथा चेक १०० देखि १९०० प्रतिशतसम्म, महसुल ११ देखि २०० प्रतिशतसम्म शुल्क वृद्धि गरिएको छ ।
खानेपानी बोर्डको बैठक नबसी एकलौटी रूपमा नगर प्रमुखले बोर्डको अध्यक्षको हैसियत बनाएर निर्णय गर्दै खानेपानीको महसुल तथा शुल्क अवैज्ञानिक रूपमा वृद्धि गरेको दलहरुको आरोप छ ।