बराहक्षेत्र : नेपाली कांग्रेसका प्रभावशाली नेता, पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पहलमा सदानन्द मण्डल कोशी प्रदेशको वन तथा वातावरण मन्त्री नियुक्त भए । उनले शुक्रबार नै पद तथा गोपनियताको सपथसमेत लिइसकेका छन्।
कानून, अर्थ, सञ्चारमन्त्रीसमेत भइसकेका नेता कार्कीले प्रदेश सरकारमा सबै समुदायको उपस्थिति गराउन चाहेको देखिन्छ। उनले नेपाली समाजमा रहेको विविधतालाई बुझेर सरकारको सहभागितामा सबैको प्रतिनिधित्व गराउन खोजेका हुन्।
आफ्नो निर्वाचन क्षेत्रमा विकासको लहर ल्याएर जनतामाझ लोकप्रिय भएका नेता कार्कीले सुनसरीको थप विकास र समृद्धि होस् भन्नका लागि पनि मण्डललाई मन्त्री बनाएको बुझ्न सकिन्छ। किनभने नेता कार्की सदैब आफ्नो क्षेत्रको विकास चाहन्छन्।
सुनसरी क्षेत्र नम्बर ४ बाट लगातार दोस्रो पटक चुनाव जितेका कार्कीले आफ्नो क्षेत्रमा विकासमा कायापलट गरेका छन् । त्यसमा थप विकास गर्नका लागि सुनसरी ४ ९क० बाट निर्वाचित मण्डललाई मन्त्री बनाएको बुझिन्छ।
नवनियुक्त वनमन्त्री मण्डलले पनि आफ्नो समुदायलाई यत्तिको स्थान दिन ज्ञानेन्द्रबहादुर कार्कीको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
उनले भने-सुनसरीमा ज्ञानेन्द्रबहादुर कार्की आएपछि उहाँकै पहल र समन्वयमा कोशीमा मण्डल समुदायलाई माननीय बनाइएको हो। अनि मन्त्री पनि उहाँकै पहलमा भएँ ।
आजसम्म सुनसरी र आसपासका भूभागमा गाउँपालिका अध्यक्षसमेत पनि मण्डललाई नबनाइएको खण्डमा नेता कार्कीले आफू र आफ्नो समुदायलाई कदर गर्दै मन्त्री बनाएको वनमन्त्री मण्डलले दाबी गरे।