रामधुनी । नेकपा एमाले सुनसरी जिल्ला कमिटी अध्यक्ष निलम खनालको भारतमा निधन भएको छ ।
एमाले नेता मुरारी सुवेदीका अनुसार उपचारका लागि भारतको हैदराबाद लैजाने क्रममा तेलंगाना राज्यको कागज नगर पुग्दा उनको निधन भएको हो ।
आन्द्रासम्बन्धी समस्या देखिएपछि यसअघि पनि उनी हैदराबादमा उपचार गराउदै आएका थिए । यो पटक भने खनाल फलोअपमा जादै थिए ।
गत जेठ ५ गते देखि ७ गतेसम्म भएको एमाले सुनसरीको ८ औँ जिल्ला अधिवेशनबाट खनाल अध्यक्षमा निर्वाचित भएका थिए । खनाल बराहक्षेत्र नगरपालिकाका पूर्व मेयरसमेत हुन् ।

































Discussion about this post