रामधुनी । सुनसरीको झुम्का बजारमा रहेको साई हस्पिटल र प्रभु बैक झुम्का शाखाबीच हस्पिटलले सहुलियत दरमा उपचार सेवा प्रदान गर्ने सम्झौता भएको छ । आइतबार हस्पिटलमा एक कार्यक्रमकाबीच बैंकका ग्राहकलाई उपचारमा छुट दिने विषयमा सम्झौता भएको हो ।
सम्झौता अनुसार प्रभु बैंकका ग्राहकले हस्पिटलबाट १५ प्रतिशतसम्म छुट पाउने छन् भने बैंकले हस्पिटललाई बैंकिङ सेवा सहज ढंगले उपलब्ध गराउनेछ । सम्झौता अनुसार बैकका ग्राहकले औषधी खरिद गर्दा ७ प्रतिशत र सर्जरी गर्दा १५ प्रतिशत छुट पाउनेछन् ।
सम्झौतापत्रमा हस्पिटलका सञ्चालक दुर्गा फुँयाल र प्रभु बैंक झुम्का शाखाका प्रमुख पुकारजंग कार्कीले हस्ताक्षर गरेका छन् ।निजी क्षेत्रबाट सञ्चालित साई हस्पिटल रामधुनी नगरपालिकामा सञ्चालित एक मात्र १५ बेडको हस्पिटल हो । बिगत लामो समयदेखि मेडिकलको रुपमा सञ्चालित साई गतबर्ष मात्रै हस्पिटलमा स्तरउन्नती भएको हो । साईको स्तरउन्नतीसँगै यस क्षेत्रबाट हरेक उपचारका लागि धरान, बिराटनगर जानुपर्ने बाध्यता घटदै गएको छ ।