सुनसरी । मत बदर कम गर्न धनकुटामा नमूना मतदान गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयले सोमबार नमूना मतदान गरेको हो ।
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मत बदर घटाउन नमूना मतदान गरिएको कार्यालयका प्रमुख जयराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार अन्य स्थानीय तहमा पनि नमूना मतदान कार्यक्रम आयोजना गरिने छ ।
धनकुटामा १ हजार ५ सय अस्थायी मतदाता छन् । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार १ हजार ५ सय १ जना अस्थायी मतदाता रहेका हुन् । अस्थायी मतदातामा कर्मचारी, सेना, प्रहरी, कारागारका कैदीबन्दी छन् ।
मंसिर ४ गते हुने प्रदेश तथा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा धनकुटामा २ वटा अस्थायी मतदानस्थल कायम गरिएको छ ।

































Discussion about this post