रामधुनी । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर २ बाट प्रत्यक्ष तर्फ तीन जनाको नाम सिफारिस गरिएको छ ।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर २ ले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि ३ जनाको नाम सिफारिस गरेर जिल्लामा पठाएको कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले जानकारी दिए ।
सिफारिस सूचीमा पार्टीका केन्द्रीय सदस्य तथा सुनसरीका पूर्व जिल्ला सभापति राजीव कोइराला, नेविसंघका पूर्व केन्द्रीय सभापति तथा पार्टी केन्द्रीय सदस्य राजीव ढुंगाना र तत्कालीन संविधानसभा सदस्य एवं पूर्वमन्त्री सीताराम मेहता रहेका छन् ।
सभापति भण्डारीका अनुसार, पार्टीको नियमअनुसार क्षेत्रले गर्ने सिफारिसमा एक महिला उम्मेदवार राख्नुपर्ने प्रावधान छ । तर, क्षेत्र नम्बर २ ले पठाएको सूचिमा महिलाको नाम समावेश नभएकाले क्षेत्रको सिफारिसलाई सच्याउँदै एक महिला नेतृको नामसमेत थपेर अन्तिम सिफारिस केन्द्रमा पठाइने सभापति भण्डारीले बताए ।


































Discussion about this post