रामधुनी । सुनसरी क्षेत्र नं. २ मा पत्रकार इकवाल अहमदले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारी घोषणा गरिसकेका छन् भने आज दिउसो १ बजे इनरुवा गोलचोकमा कार्यक्रममार्फत सार्वजनिक घोषणा गर्दैछन् ।
लामो समयदेखि सुनसरीको पत्रकारितामा सक्रिय अहमद नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यसमेत रहिसकेका छन् । उनी पत्रकारितामार्फत शोषित, पीडित र आवाजविहीन समुदायका मुद्दा उठाउँदै आएका व्यक्तिका रूपमा परिचित छन् ।
इनरुवाका स्थापित पत्रकार शशी कोइरालाले इकवालको उम्मेदवारीलाई समर्थन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सुनसरीको पत्रकारितामा अविरल ३० वर्ष बिताएका इकवाल अहमद सधैं यो क्षेत्रका शोषित–पीडितका आवाज बने । अब उनको पक्षमा आवाज उठाउने पालो सुनसरी–२ का नागरिकहरूको हो ।’
पत्रकार कोइरालाका अनुसार इकवालको उम्मेदवारी परम्परागत राजनीतिक नेतृत्वको विकल्प खोज्ने जेन–जी आन्दोलनको भावना अनुरूप रहेको छ ।
































Discussion about this post