रामधुनी । रामधुनी नगरपालिका-५ स्थित रामधुनी जल उद्योगले रसुवा बाढीपीडितको राहत तथा उद्धारका लागि १० हजार रुपैयाँ सहयोग गरेको छ ।
उद्योगले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढी प्रभावित नागरिकको सहयोगार्थ उक्त रकम जम्मा गरेको हो । उद्योगका सञ्चालक संजय दाहालले रकम जम्मा गरेको प्रमाणसहितको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै संकटको समयमा मानवीय सहयोग आवश्यक रहेको बताएका छन् ।
दाहालले सानो भए पनि आफ्नो सहयोगले बाढी प्रभावित नागरिकलाई राहत पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले विपद्को समयमा सबैले आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
उनी भन्छन्, ‘संकटको यस घडीमा, मानवीय सेवा नै परम धर्म हो भन्ने मान्यतालाई आत्मसात गर्दै, रामधुनी जल उद्योगले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढी प्रभावित नागरिकहरूको सहयोगार्थ सानो आर्थिक सहयोग हस्तान्तरण गरेका छौ । सानो सहयोगले पनि ठूलो राहत मिल्ने विश्वास व्यक्त गर्दछौँ । जय देश, जय मानवता ।’



































Discussion about this post