रामधुनी । रामधुनी नगरपालिका–७ कि अचार व्यवसायी दिपा श्रेष्ठको परिवारले बाढीपीडितका लागि ५१ हजार रुपैयाँ सहयोग गरेको छ ।
सामाजिक सञ्जालमा ‘चटपटेवालीको अचार’ नामले परिचित दीपाको परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढी प्रभावित नागरिकको राहत तथा उद्धारका लागि उक्त रकम सहयोग गरेको हो । रकम जम्मा गरेको प्रमाणसहितको तस्बिर परिवारले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।
रसुवामा भीषण बाढी आएपछि देश विपद्को चपेटामा परेका बेला अचार व्यवसाय सञ्चालन गर्दै आएको श्रेष्ठको परिवारले गरेको सहयोगको सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ । संकटको समयमा आफूले सक्ने सहयोग गर्नुपर्छ भन्ने भावनासहित सहयोग गरिएको परिवारले जनाएको छ ।



































Discussion about this post