काठमाडौँ । भीषण बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाल सरकारले विशेष संयन्त्र परिचालन गरी प्रयास जारी राखेको छ ।
जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सरकारको अनुमतिमा ६ सदस्यीय चिनियाँ प्राविधिक विज्ञ टोली पनि घटनास्थलमा खटिएको छ ।
चिनियाँ हेलिकप्टरमार्फत त्रिशूली क्षेत्रमा पुगेको टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै सुरुङभित्रको अवस्था र उद्धारको सम्भावनाबारे प्राविधिक अनुगमन (रेकी) गर्नेछ ।
प्रारम्भिक अनुगमनबाट उद्धार सम्भव देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा रहेका थप चिनियाँ विज्ञलाई समेत तत्काल घटनास्थलमा परिचालन गरिने तयारी छ ।
सुरुङभित्रको अवस्था चुनौतीपूर्ण रहे पनि नेपाल सरकार, नेपाली सेना र चिनियाँ विज्ञ टोलीको संयुक्त प्रयासमा फसेका श्रमिकहरूको सकुशल उद्धारका लागि निरन्तर प्रयास भइरहेको छ ।



































Discussion about this post