बराहक्षेत्र ।
कोशी प्रदेशका सांसद एबम् पुर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले आफू सदैव पहिचानको पक्षमा रहेको बताएका छन् । आज सुनसरीको बराहक्षेत्रमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहिचान स्थापनाका निम्ति पार्टीको सदस्यता र सांसद पदनै पनि त्याग्न सक्ने बताएका हुन् ।
‘दलहरूले जनयुद्ध, जनक्रान्ती, संविधानमा पहिचानको नाम दिन्छु भनेर जनतामाझमा बाचा गरेका थिए’, नेकपा एकीकृत समाजवादी कोशी प्रदेशका संसदीय दलका नेता समेत रहेका सांसद राईले प्रश्न गरेका छन्’, ‘१ नम्बर प्रदेशमा पहिचानको नाम दिनेबेलामा दलहरूले झुक्याए अनि यो भन्दा ठूलो अनैतिकता के हुन्छ ?’
बराहक्षेत्र मिडिया प्रालिले बराहक्षेत्र ५ स्थित कालाबञ्जरमा आफ्नो कार्यालय स्थापना गर्दै तेस्रो वार्षिक उत्सब कार्यक्रम सम्पन्न गरेको छ । प्रालिका अध्यक्ष प्रदीप चौधरीको सभादक्ष्यतामा सम्पन्न कार्यक्रम पुर्वमुख्यमन्त्री राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यालय उदघाटनपश्चात् प्रमुख अतिथीको मन्तव्य राख्दै सांसद राईले किराँतहरुको बलिदानकै कारण यस् प्रदेशमा आजका खस-आर्य, आदिवासी-जनजाति तथा सम्पूर्ण उत्पीडितहरुको बीउ जोगाएको तर्क गरे । हाम्रो प्रदेशमा कोही पनि भूमिपुत्र छैन, यहाँ जसले पहिला दुख गरे उनीहरूको नाम राखौं भनेको हो, त्यसो गर्दा कोशी प्रदेशको नाम कोशी हुनैसक्दैन, उनले भनें । उनकाअनुसार शान्तिका लागि भएपनि पहिचान आवश्यक छ ।
संघीयताको मर्मअनुसार स्थानीय तहहरुको नाम पहिचानको आधारमा राखिएको उदाहरण पेश गर्दै उनले प्रदेशको नाम पनि पहिचानकै आधारमा राख्नुपर्ने माग गरेका छन् ।
आज भएको सो कार्यक्रममा मिडिया प्रालि अन्तर्गत रहेर पुर्वी पहिलोखबर अन्लाईन पोर्टल र बराह खबर अन्लाईन पोर्टल सँगै सञ्चालन गरिने बताइएको छ । प्रालिका अध्यक्ष चौधरीले अब आफ्ना अन्लाईन पोर्टलहरू बराहक्षेत्रमा शसक्त मिडिया हाउसका रूपमा लागिपर्ने बताए ।
मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गृहमन्त्री गुरुङ्ग तेस्रोबाट पाँचौ नम्बरमा
सुनसरी । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रीहरुमो मर्यादाक्रम हेरफेर गरेका छन् । गत चैत १३ गते गठित...

































Discussion about this post