बराहक्षेत्र । कोशी प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता बुद्धिबहादुर कटुवाल सोमबार नियुक्त भएका छन् ।
मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले कटुवाललाई मुख्यन्यायाधिवक्ता नियुक्त गरेका हुन् । उनलाई सोमबार उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारूले पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्र श्रेष्ठले बताए ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–३ का अधिवक्ता कटुवाल कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेका थिए । पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा मुख्यन्यायाधिवक्ता नियुक्त भएका गजेन्द्र आचार्यले प्रदेश प्रमुख खापुङसमक्ष गत असार २२ गते पदबाट राजीनामा दिएका थिए । बराहक्षेत्र नगरपालिकाका स्थायी बासिन्दा कटुवाल लामो समयदेखि कानुन व्यबसाय गर्दै आएका समाजसेवी समेत हुन् ।
एमालेमा उम्मेदवार फेरबदल : रेवती आउट, जगदिश सुनसरी–२ सरे, सुनसरी–४ मा अबुल हुसैन
रामधुनी । नेकपा एमालेले सुनसरीका निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याएपछि पनि निरन्तर फेरबदल गरिरहेको छ । पछिल्लो निर्णयअनुसार सुनसरी क्षेत्र नं....


































Discussion about this post