रामधुनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुनसरीको झुम्का आउँने भएका छन् ।
आगामी भदौ ४ गते पार्टी रामधुनी नगर समितिले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्न लामिछाने झुम्का आउँन लागेको रास्वपा कोशी प्रदेश समितिका महामन्त्री लाल बिक्रम थापाले हाम्रो शब्दलाई जानकारी दिए ।
महामन्त्री थापाका अनुसार खुल्ला सभा आयोजना गरेर जनताका गुनासाहरु सुन्ने, छलफल र भेटघाट गर्ने उद्देश्यले सभापति लामिछाने आउन लागेका हुन् ।
लामिछानेसँगै महामन्त्री तथा पार्टी प्रवक्ता डा. मुकुल ढकालसमेत कार्यक्रममा आउँने तयारी भएको रास्वपाले जनाएको छ ।
































Discussion about this post