रामधुनी । इटहरी उपमहानगरपालिकाको नगर सभा सोमबार सुरु भएको छ । नेकपा एमालेले बहिस्कार गरेपछि वडा नम्बर ६ का अध्यक्ष दिवस पोखरेलले बजेट प्रस्तुत गरेका छन् ।
उपमेयरले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भए पनि एमालेले बहिस्कार गरेपछि प्रवक्तासमेत रहेका पोखरेललाई नगर सभा अध्यक्ष तथा मेयर हेमकर्ण पौडेलले जिम्मेवारी दिएका हुन् ।
बजेटको आकार तथा सिलिङमा सहमति नभएपछि एमालेका नगर सभा सदस्यहरू नगरसभा बाट बाहिरिएका हुन् । इटहरी ५ लायन्स भवनमा १ बजे हुने भनिएको सभा ९ घण्टा ढिला सुरु भएको हो । बैठक ढिलो भएपछि नगर सभा सदस्य दीपक घिमिरेले माइन्युट च्यात्न खोजेपछि विवाद भएको थियो ।
इटहरी उपमहानगरपालिकाको बजेटको पुर्णपाठ हेर्न यहाँ थिच्नुहोस् – बजेट वक्तव्य २०८१