रामधुनी । गायक सुनिल चौधरीले कतारमा आफनो सांगीतिक प्रस्तुती दिने भएका छन् ।
थारु कल्याणकारिणी सभा दोहा कतारले जनावरी १० मा आयोजना गर्ने ‘माघी पर्व तथा थारु संवत २६४८’ कार्यक्रममा प्रस्तुती दिन कतार जान लागेको चौधरीले बताएका छन् ।
सुनसरीको रामधुनी नगरपालिका निवासी गायक चौधरीले थारु भासाका विभिन्न गितहरु गाउँदै आएका छन् । सुनिल थारु चलचित्र तथा सांस्कृतिक संघ सुनसरीका महासचिवसमेत हुन् ।
सुनिलसँगै गायिका अनु चौधरी, कलाकार प्रभा चौधरी लगायतलेसमेत कतारको कार्यक्रममा प्रस्तुति दिने आयोजकको भनाई छ ।