रामधुनी । नेवाः देय् दवू (नेवार राष्ट्रिय संगठन) सुनसरी जिल्ला कार्य समितिको तेस्रो जिल्ला अधिवेशनबाट केदार कुमार श्रेष्ठ अध्यक्षमा निर्विरोध चयन भएका छन् । शनिबार झुम्कामा सम्पन्न अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध चयन भएको निर्वाचन समितिका सदस्य नारायण प्रसाद श्रेष्ठले जानकारी दिए ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा शुसिल कुमार शाक्य, महिला उपाध्यक्षमा विमला श्रेष्ठ, सचिवमा बुद्धिमान श्रेष्ठ, महिला सचिवमा सिता प्रधान तथा कोषाध्यक्षमा यज्ञराज श्रेष्ठ निर्विरोध चयन भएका छन् । केदारको नेतृत्वमा ३ बर्षका लागि २९ सदस्यीय जिल्ला कार्य समिति चयन भएको हो ।
नेवाः देय् दवूले देशभर छरिएर रहेका नेवार समुदायलाई संगठित बनाउँदै नेपाल भाषा, कला, संस्कृतिको संरक्षण लगायत विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।