रामधुनी । सुनसरीको रामधुनी नगरपालिकाले जाडो छल्न दलित तथा विपन्न वर्गका जेष्ठ नागरिकलाई फाइबर सिरक वितरण गरेको छ ।
नगरले ९ ओटै वडामा प्रत्येक वडाका ३०/३० जना गरि २७० जना जेष्ठ नागरिकलाई फाइबर सिरक वितरण गर्ने तयारी गरेको र हालसम्म २१० जनालाई वितरण गरिसकेको नगर प्रमुख शंकरलाल चौधरीले बताए ।
जाडो मौसममा दलित तथा विपन्न वर्गका जेष्ठ नागरिकलाई समस्या नहोस् भन्ने उद्देश्यले नगरपालिकाले सिरक वितरण गरेको हो । अपांगता भएका र हिडडुल गर्नै समस्या हुने वृद्धवृद्धालाई सिरक लिएर नगर प्रमुख चौधरी आफै घरघरसमेत पुगेका थिए ।